स्मार्ट२४न्यूज १० पुष २०७६ मा प्रकाशित
विराटनगर । प्रदेश नं। १ को राजधानी बिराटनगरमा चार जनाको सहयोगमा रजमा राईस खान खाने रु १० रुपैयाँमा पेटभर खाना खुवाउने होटल खुलेको छ। विराटनगर मेनरोडमै रहेको कालीमन्दीर अगाडी रु १० रुपैयामै पेटभर खान पाइन्छ भन्ने कुरा सुन्दा तपाईलाई पत्याउनै गाह्रो पर्नसक्छ ।
बजारका होटलहरुमा तपाई हामीले हरेक दिन खाँदै आएको खाना छाकको सबै कम पर्न रु ६० रुपैयाँ त्योभन्दा तल खानै पाईँदैन । ठुला होटलमा एक छाककै प्रतिब्यक्ति १५ सय भन्दा बढी लिएको पनि पाईन्छ । तर विराटनगरको कालीमन्दीर अगाडी १० रुपैयामा पेटभर खाना खाने ब्यवस्था चर्चामा रहेको छ।

विराटनगर उपमाहानगरपालिका वडा नं। ७ बस्ने सामाजसेवी दिलिप धाडेवाको अगुवाईमा विराटनगरमा रु १० रुपैयामा सादा खाना खाने होटल खोलेको छ। एक समयमा राजापा नेपालका सहमाहामन्त्री समेत भएका धाडेवाले बुधबारबाट १० रुपैयाँमा नै होटलमा राजमाको तरकारी र वासमती चामलको खाना खुवाउन थालेको बताए । काली मन्दिर अगाडी टेवल राखेर खाना बेच्न सुरु गर्नेमा बिराटनगरका चारजना छन् । ठूला होटलमा सबै वर्गका मानिसले किनेर खाना नसक्ने भएका कारण सस्तो मुल्यमा सबैले पेटभर खाने होटल संचालन गरेको धाडेवाले बताए ।
सो होटल संचालनमा विराटनगरका व्यापारी नन्दकिशोर तापडिया, पवन अग्रवाल, मोहन गुप्ता र दिलिप धाडेवाले संयुक्त रुपमा यो अभियानलाई विराटनगरका अन्य स्थानहरुमा सेवा विस्तार गर्ने र सस्तो मुल्यमा खाना उपलब्ध गराउने हाम्रो अभियान रहेको धाडेवाले बताए ।

सस्तो मुल्यमा खाना खानेहरुको संख्या बढ्न थालेको छ । पहिलो दिन मात्र ४ सय ३९ जनाले खाना खाएका छन् ।