काठमाडौं,। सरकारले पत्रकारहरुलाई भोलि देखि कोरोना भाईरस (कोभिड १९) विरुद्धको खोप लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले आइतबार एक विज्ञप्ति जारी गर्दै नयाँ बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालबाट सञ्चारकर्मीलाई खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिएको हो ।
आइतबार बसेको सचिवस्तरको बैठकमा भएको निर्णय अनुसार पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलाइएको केन्द्रका प्रमुख डा। समीरकुमार अधिकारीले जानकारी दिए ।
भोलिदेखि पाँच दिनसम्म सञ्चालन हुने खोप अभियानका लागि स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप सचिवालयमा सम्पूर्ण पत्रकारहरुको विवरण यथाशीघ्र उपलब्ध गराउन समेत केन्द्रले आग्रह गरेको छ ।
यसअघि सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वमसेविका, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहनका चालक, कैदी बन्दी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा लगायतलाई कोरोना खोप लगाउने व्यवस्था गरेको थियो।