Monday, March 1, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

प्रदेश १ का मुख्यमन्त्रीलाई कांग्रेसको सुझाव, अविश्वास प्रस्तावको सामना गर्नुस्, या राजीनामा दिनुस्

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
२ हप्ता अगाडि
FEATURE, मुख्य समाचार
माघ ११ गते प्रदेश १ का मुख्यमन्त्री राई अन्तरजातीय बिवाह बन्धनमा बाँधिने
104
SHARES
ShareTweet
Subscribe

मोरङ,। प्रदेश नम्बर १ मा सरकारले आफूलाई सहयोग गर्न आग्रह गरेपनि काँग्रेसले अस्वीकार गर्दै मुख्य मुख्यमन्त्री शेरधन राईको राजीनामा मागेको छ।

प्रदेश १ मा नयाँ सत्ता समीकरणमा निर्णायक देखिएको कांग्रेसले मुख्यमन्त्री शेरधन राईलाई अहिलेकै अवस्थामा सहयोग गर्न नसकिने प्रष्ट पार्दै अविश्वास प्रस्ताव सामना गर्नु या राजीनामा दिएर मार्ग प्रशस्त गर्न भनेको छ।

‘सरकारले हामीलाई सहयोग गरिदिनु पर्‍यो भनेर प्रस्ताव गरेको छ,’ कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले स्मार्ट २४ न्यूजसँग भने, ‘अहिलेको अवस्थामा हामीले सहयोग गर्न नसक्ने बताएका छौं।

हामीले दुई वटा सर्त सरकारलाई दिएका छौं। पहिलो, संसदमा दर्ता भएको अविश्वास प्रस्ताव सदनमै फेस गर्नपर्‍यो, त्यो नगर्ने भए राजीनामा दिनुपर्‍यो। त्यसपछि कसलाई सहयोग गर्ने, कसलाई नगर्ने भन्नेमा बल्ल कांग्रेस प्रवेश गर्नेछ।’

मुख्यमन्त्री राईविरूद्ध उनकै दल नेकपाका सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
३७ जनाले दर्ता गरेको अविश्वास प्रस्ताव मध्ये ५ जनाले हस्ताक्षर फिर्ता लिएका छन्।

अहिले अविश्वास प्रस्तावका पक्षधर प्रचण्ड नेपाल पक्षहरू ३७ जना सांसद आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ भने ओली पक्षले पनि आफू बहुमतमा रहेको दाबी गरिरहेको छ।

यी दुबै समूहसँग संसदमा चाहिने बहुमत छैन। त्यसका लागि २१ जना सदस्य रहेको कांग्रेस निर्णायक बनेको छ। कांग्रेस संसदीय दलका नेता राजीव कोइरालासहितका बहुमत सदस्यले अविश्वासको प्रस्तावको पक्षमा आफूलाई उभ्याउने बुझेपछि मुख्यमन्त्री राई पक्षले आफै संसद अवरुद्ध गर्दै आएको छ।

यस अघि माघ २५ गते पनि सरकार पक्षले नै सदन अवरोध गर्दा कांग्रेस, जसपासहितका विपक्षी दलहरू सरकार र मुख्यमन्त्रीप्रति झनै आक्रामक भएका थिए। कांग्रेसले संसदबाहिरबाट कुनै हल निस्कन नसक्ने कुरा पनि सरकारलाई भनिदिएको प्रमुख सचेतक कार्कीले बताए।

‘सरकार संसद छल्ने अनि सहयोग माग्ने गर्दैछ,’ उनले भने, ‘यो हुन सक्दैन।’ नेकपाको दाहाल नेपाल समूहले दर्ता गरेको अविश्वास प्रस्ताव अब कांग्रेसको पनि दायित्व भएको उनको भनाइ छ।

‘हामीले हिजोदेखि नै सरकारको नीति कार्यक्रम, बजेट तथा अरु विभिन्न कार्यक्रमको आलोचना गरेका छौं, फरक मत राखेका छौं,’ कार्कीले थपे, ‘यस्तो अवस्थामा यही सरकारलाई सहयोग गरेर कांग्रेस कसरी जानसक्छरु’

मुख्यमन्त्रीले अविश्वास प्रस्ताव फेस गर्न नसके राजीनामा दिएर बाटो खोल्न सक्ने सुझाव कांग्रेसले दिएको उनले बताए। ‘पहिले राजीनामा दिनुस्, त्यसपछि नयाँ सत्ता समीकरणबारे तपाइँहरूसँग कुरा हुन्छ, प्रचण्ड नेपाल पक्षसँग हुन्छ,’ उनले सरकारलाई भनेको विषयबारे भने, ‘त्यसबेला सबै सम्भावना खुला हुन्छ। अहिलेको अवस्थामा मुख्यमन्त्रीलाई सहयोग गर्ने कुरा कांग्रेसबाट हुन सक्दैन।’

कांग्रेससँग वार्ताका लागि मुख्यमन्त्री राईले आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीलाई जिम्मा दिएका छन्। कार्कीले सरकारलाई सहयोग गरिदिन कांग्रेससँग आग्रह गरेका थिए।

जवाफमा कांग्रेसले अहिलेको अवस्थामा सहयोग गर्न नसक्ने बताएको हो। कांग्रेस संसदीय दलका बहुमत सदस्य शेरधन राई नेतृत्वको सरकारको विपक्षमा उभिनुपर्ने अडानमा छन्।

यसको नेतृत्व डा। शेखर कोइराला समूहका प्रदेशका केन्द्रीय सदस्यहरूले मात्रै होइन, सभापति शेरबहादुर देउवा समूहका भीष्मराज आङदेम्बेदेखि प्रवक्ता विश्वप्रकाश शर्मासम्मले यही मत राखिरहेका छन्।

ओली समूहसँगै मिलेर अघि बढ्नुपर्ने मतमा अमृत अर्याल र रमेशजंग रायामाझीहरू छन्। कांग्रेसले यही मतान्तरकै कारण के गर्ने निर्णय लिएको छैन।

Tags: अविश्वासकांग्रेसकोगर्नुस्दिनुस्प्रस्तावकोमुख्यमन्त्रीलाईया राजीनामासामनासुझाव
ADVERTISEMENT
Previous Post

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकारको शिलान्यास

Next Post

हरिनगरामा बासुकीनाथ कृषि सहकारी संस्थाको छैटौं साधारण सम्पन्न

Next Post
हरिनगरामा बासुकीनाथ कृषि सहकारी संस्थाको छैटौं साधारण सम्पन्न

हरिनगरामा बासुकीनाथ कृषि सहकारी संस्थाको छैटौं साधारण सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • रौतहटमा योगेश भट्टराई सवार गाडीले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल चालक घाइते
  • नोबेल शिक्षण अस्पतालका डा.रोहित प्रसाद यादवले गरे एकै दिनमा १४ जनाको शल्यक्रिया
  • दुहबीमा दुर्घटना हुँदा दुई जना घाइते एकको अवस्था गम्भीर
  • दुहबीमा दुर्घटना हुँदा दुई जना गम्भीर घाइते
  • विप्लव समूहसँग छिट्टै सहमति हुने: प्रधानमन्त्री ओली
  • विराटनगरबाट एक जनालाई अपहरण गरि १० लाख फिरौती माग्ने ३ जना पक्राउ
  • प्रेस युनियन सुनसरीको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न
  • इनरुवामा विद्युत लाइन सर्ट भई आगलागी, एक घर जलेर नष्ट

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist