Saturday, March 6, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

काँग्रेस भित्र कुनै गुट उपगुट नरहेको: वरिष्ठ नेता पौडेलको दावी

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
२ हप्ता अगाडि
FEATURE, मुख्य समाचार
काँग्रेस भित्र कुनै गुट उपगुट नरहेको: वरिष्ठ नेता पौडेलको दावी
80
SHARES
ShareTweet
Subscribe

नसीम अन्सारी

इनरुवा,। सुनसरीको सदरमुकाम इनरुवा स्थित जिल्ला पार्टी कार्यालयमा शनिबार नेपाली काँग्रेस सुनसरीले आयोजना गरिएको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय नेपाली काँग्रेस भित्र कुनै गुट उपगुटको खेती नभएको भन्दै यो भ्रम चिर्नका लागि नेपाली काँग्रेसलाई शिरमा राखी सबै एकजुट भएर अगाडि बढनुको विकल्प नभएको बताउनुभयो ।

फरक प्रसंगमा नेता पौडेलले संसद पुनःस्थापनाको विकल्प नभएको बताए । ‘हामीले असंवैधानिक भनिसकेपछि हाम्रो गन्तव्य पनि त्यसलाई संवैधानिक बनाउने हो । त्यसका लागि संसद पुनःस्थापना हुनुपर्छ । म दाँया बाँया जान्दिन् पार्टीको निर्णय बोलिरहेको छु । संसद पुनःस्थापनाको विकल्प छैन’ उनले भने ।

चुनावमा जाँदा काँग्रेसलाई फाइदा हुने भएपनि काँग्रेस फाइदामा मात्र हिड्ने पार्टी नभएको उनको भनाइ छ । उनले भने, ‘काँग्रेस त सिद्धान्तमा हिँड्ने पार्टी हो नि । चुनाव नै सबै लोकतन्त्र हो भन्ने पनि होइन । संविधानमै टेकेर चुनावमा जानु नै लोकतन्त्र हुन्छ । यो कुरा बुझौँ ।’

यस्तै उनले चुनाव गराउने भए राजीनामा गरेको खै भन्दै ओलीलाई प्रश्न गरे ।  उनले भने, ‘चुनाव घोषणा गरेपनि निर्वाचन आचारसिंहता मान्नुपर्दैन रु जताततै आफ्ना मान्छे भर्ती गर्ने काम भएको छ । भोलि लालमोहर लगाउन सजिलो होला भनेर । संवैधानिक निकाय पनि त्यस्तै भए । निर्वाचन आयोगले पनि स्वतन्त्र हैसियत देखाइरहेको छैन । त्यसैले हामीलाई ढुलमुल भएको छ अदालत पनि के गर्ने हो भनेर रु’

संविधानमा संसद विघटन कही नभएको भए पनि अदालतले बदर नगरिदिने होकि भनेर शंका गर्नुपरेको पौडेलले बताए ।  ‘राष्ट्रिय आत्माविश्वास डग्मगायो । कसैमाथि भरोसा छैन । भरोसाको केन्द्र चाहियो । कम्युनिस्टमाथि जनताले भरोसा गर्ने ठाउँ रहेन ।

अब कम्तिमा काँग्रेस त छ भन्ने पार्नु पर्यो नि रु नेपाली काँग्रेसलाई नेपाली जनताको भरोसाको केन्द्र बनौं । नेपाल र नेपालीको भविष्य नेपाली काँग्रेसलाई सुधारेर अब हामी अगाडि बढ्नुपर्छ उनले भने ।

पौडेलले काँग्रेस देश र जनताको लागि लडेको पार्टी भएको भन्दै मुलुकप्रति घात हुने कुरा कुनै पनि काँग्रेस नेताको लागि मान्य नहुने बताउनु भयो । जसको अनुभूति जनताले अब छिट्टै गर्न पाउने पौडेलको भनाइ थियो ।

पौडेलले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै सर्वोच्चले संसद पूनर्थापना गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ । नियम संगत फैसला नआए अदालतप्रतिको विश्वसनीयता गुम्ने बहाँको भनाइ थियो ।

पौडेलले संसद पूनर्थापना नभए त्यसपछि उत्पन्न हुन सक्ने असहज अवस्थाबाट मुलुकलाई पार लगाउन समेत काँग्रेसको निर्णायक भूमिका आवश्यक पर्ने बताउनु भएको छ ।

सम्बोधनका क्रममा केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले भने काँग्रेसले समय अनुसार लाभकारी निर्णय लिन सक्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो । चुनाव भए काँग्रेस पछि हट्न नहुने कार्कीको भनाइ थियो ।

कांग्रेस प्रेस स्वतन्त्रताको पक्षमा रहेको उदृत गर्दै उनले अहिले देशमा भएको सङ्कट समाधानमा आफूहरू लागि पर्ने बताए । उनले भने, ‘यसअघिका राजनीतिक परिवर्तनमा काङ्ग्रेसले जुन निर्णायकको भूमिका निर्वाह गरेको छ, अहिलेको समस्यामा पनि हामीले निर्णायकको भूमिका निर्वाह गरेर देशलाई शान्तिको बाटोमा लैजानका निम्ति काङ्ग्रेस अगाडि बढिरहेको छ ।’

देशको विकास, समृद्धि काङ्ग्रेसको हातबाट मात्रै सम्भव रहेको बताउँदै उनले प्रदेश १ र वागमती प्रदेशमा काङ्ग्रेसको उचित निर्णय नभई सरकार नबन्ने भएकाले काङ्ग्रेसले समाजको हित हेरेर मात्रै निर्णय लिने बताए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेको थियो। पार्टीमा प्रवेश गर्नेमा एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता छन् । नव प्रवेशी कार्यकर्तालाई वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र नेपाली काँग्रेस जिल्ला सभापति तथा प्रदेश १ का प्रतिपक्षी दलका नेता राजीव कोइरालाले टिकाई माला लगाई प्रवेश गराएको थियो ।

कार्यक्रममा सहभागी अगुवा नेता तथा कार्यकर्ताले भने काँग्रेस भित्रको लाइन क्लियर नहुँदा जनतामा दुविधा उत्पन्न भएको शीर्ष नेताहरु समक्ष गुनासो पोखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका सुनसरी सभापति राजीव कोइराला, पूर्व सांसद सीताराम मेहता, प्रदेश सांसद ताहिर अन्सारी, ज्योति सुब्बा, कांग्रेसका केन्द्रीय सदस्यहरु, विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरु, नेतृत्वकर्ताहरुको उपस्थिति रहेको थियो ।                                                       

Tags: उपगुटकाँग्रेसकुनैगुटनरहेकोपाैडलभित्र
ADVERTISEMENT
Previous Post

भोक्राहा नरसिंह वडा ४ र ८ का वडाअध्यक्षले इनरुवामा चामल लुकाए प्रशासनमा उजुरी

Next Post

दुहबीमा एक जना झुन्डिएको अवस्थामा मृत फेला

Next Post
दुहबीमा एक जना झुन्डिएको अवस्थामा मृत फेला

दुहबीमा एक जना झुन्डिएको अवस्थामा मृत फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • इनरुवा अस्पताल संघर्ष समितिको मेयर देखि सांसद सम्मलाई चेतावनी
  • भारतमा बस दुर्घटना हुँदा चार नेपालीको मृत्यु
  • वीरगन्जकी मुस्कान खातुनले पाइन् अन्तर्राष्ट्रिय ‘साहसी महिला अवार्ड
  • दुहबीका पत्रकार अलिले आफ्नो जन्मदिनको अबसरमा गरे मृत्यु पछि आँखा र छाला दान गर्ने घोषणा
  • भारतका ताज महलमा बम राखेको भन्दै प्रहरीलाई फोन आएपछि सबै चकित
  • देवानगंजमा सशस्त्र प्रहरीद्वारा भारतबाट ल्याइएका प्रतिबन्धित माछा नष्ट
  • भारतबाट अवैध भित्र्याइएका ४५ थान कुखुरा सशस्त्र प्रहरीद्वारा नष्ट
  • झापाको विर्तामोडमा प्रधानमन्त्रीद्वारा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist