माेरङ,। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरिएको छ । राईविरुद्ध प्रचण्ड-माधव समूहले १२ पुसमा अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।
सत्तारुढ नेकपा ओली समूहको असन्तुष्टिका बीच आइतबार राई विरुद्ध अविश्वासको प्रस्ताव पेश गरिएको हो । आज पनि बैठक अघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण गराएका थिए ।
सभामुख प्रदीपकुमार भण्डारीले बैठक राखि उक्त मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पेश भएको छ । अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका थिए ।