विजय राउत
बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ को अति बिकट ठाउमा रहेको बिधालयका १०६ जना विद्यार्थीहरुलाई न्यानो कपडा बितर गरेको छ।
विभिन्न संस्थाहरु पछिल्लो समय आफ्नो अस्तित्व अनन्तकालसम्म जोगाइराख्न पनि सामाजिक कार्यहरुमा अग्रसर भएको देखिन्छ। यसैबीच राप्रपा निकट पत्रकारहरुको समूह मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीले स्थापना भएको केही समयमै सामाजिक कार्यमा अग्रसर हुन थालेको छ।
बिधालयमा रहेका करिब १०६ जना विद्यार्थीलाई न्यानो कपडा बितरण शुक्रबार एक कार्यक्रम गरि सम्पन्न भएको छ।
सोही बिधालयको प्राङ्गणमा भएको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० का केन्द्रिय सहमहामन्त्री केदार कोईरालाको प्रमुख आतिथ्य तथा मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीका अध्यक्ष बिजय कुमार राउतको सभापतित्वमा भएको थियो।
त्यसैगरी बिशिष्ट अतिथिमा मिडिया नेपालका केन्द्रिय सदस्य बिकल रेग्मी तथा महेन्द्रनगर साना सहरी खानेपानी संस्थानका अध्यक्ष भवानी प्रसाद धिमाल र उपाध्यक्ष गणेश अधिकारी, राप्रपा बराहक्षेत्र नगर अध्यक्ष अर्जुन भट्टराई,नेपाली काङ्ग्रेस महिला संघकि केन्द्रिय सदस्य अनु गुरुङ, पत्रकारहरु संगम बिस्ट, सुमन सागर खतिवडा, भरत घिमिरे, सुबिन बिश्वकर्मा, बिकल पौडेल, कृष्ण भट्टराई लगाएतका अतिथिहरुको उपस्थिति रहेको थियो।

जाडो मौसममा न्यानो कपडा बितरणबाट आफुहरुले सामाजिक कामको सुरुवात गरेको भएपनि भबिष्यमा अझै थुप्रै यस्ता कामहरू गर्दै जाने कार्यक्रमका सभापति बिजय राउतले बताए। राउत भन्छन ू कमेडी गर्ने कलाकारहरुले देशमा मुसहर बस्ती देखि गौतम बुद्ध अन्तरास्ट्रिय कृकेट रंगशाला बनाउने सम्मका महान कार्यहरू गर्न सक्छन भने हामिले पनि आफ्नो ठाउबाट सक्दो गर्नुपर्छ।ू
मिडिया नेपाल अबका दिनमा यस्ता कार्यहरूमा अगि बढ्ने भन्दै उनले थपे ूमिडिया नेपाल अबका दिनमा यतिकै साघुरिएर बस्ने वाला छैन, अझै धेरै कुराहरु सोचेका छौ जुन चाडै पूरा पनि गर्छौ।ू
मिडिया नेपाल १ नम्बर प्रदेश कमिटीको आयोजनामा भएको उत्त कार्यक्रमा महेन्द्रनगर साना शहरी खानेपानी संस्थान बराहक्षेत्र ६ चक्रघट्टी र कुमारी बैंक बेलका शाखाको बित्तिय सहयोग रहेको थियो ।