लाहान,। सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ।
विस्फोटमा ७ जना घाइते एकको अवस्था गम्भीर रहेको छ। घटना स्थलबाट तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ ।
विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
आइतबार दिउँसो भएको सो विष्फोटमा परी सात जना घाइते भएका छन् । घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए ।
घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको उनले बताए । लहानको सप्तऋषि अस्पतालमा उपचार समभव नभएपछि १ जनालाई काठमाडौं लगिएको अस्पतालले जनाएको छ।