Tuesday, April 13, 2021
Smart24News
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

सिद्धबाबाको मुद्दामा जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदनमा निवेदन

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
चैत्र १, २०७७
FEATURE, मुख्य समाचार
सिद्धबाबाको मुद्दामा जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदनमा निवेदन
56
SHARES
ShareTweet
Subscribe

सुनसरी,। सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दिएको छ ।

उच्च सरकारी वकिलको कार्यालय विराटनगरले गत शुक्रबार उच्च अदालतमा पुनरावेदन दर्ता गरेको हो । उक्त मुद्दा पुनरावेदन दर्ता गराएकै दिन उच्च अदालतले मुद्दाको सक्कल मिसिल भिकाउन सुनसरी जिल्ला अदालतलाई पत्राचार गरेको छ ।

‘मुद्दा दर्ता भएकै दिन फाँटबाट मुद्दाको सक्कल मिसिल झिकाउन पत्राचार भएको छ,’ उच्च अदालतका सूचना अधिकारी ओम सुवेदीले भने ‘मुद्दा चाँडै टुङ्गो लाग्ने गरी प्रक्रियामा जान्छ ।’ उनका अनुसार जिल्लाबाट सक्कल मिसिल आएपछि मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्नेछ ।

पुनरावेदन परेकै दिन बढुवा सिफारिस

एक अनुयायीले दिएको बलात्कार मुद्दामा गिरीलाई गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो । दुई महिनापछि अदालतले फैसलाको पूर्णपाठ सार्वजनिक गरेको थियो ।

पूर्णपाठ सार्वजनिक भएको एक महिनापछि शुक्रबार उच्चमा पुनरावेदनका लागि निवेदन दर्ता भएको हो ।

सामान्यतया फैजदारी मुद्दामा फैसलाको एक महिनाभित्र फैसला लेखन सक्नुपर्छ । तर सिद्धबाबाको हकमा दुई महिनासम्म मुद्दा नलेखिएपछि उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठले स्पष्टीकरण सोधेका थिए । उच्च अदालत स्रोतका अनुसार मुख्य न्यायाधीशको स्पष्टीकरणलगत्तै पूर्णपाठ आएको थियो ।

विवादास्पद फैसला गर्ने न्यायाधीश अर्जुनप्रसाद कोइराला शुक्रबार नै उच्च अदालतको न्यायाधीश नियुक्तीमा सिफारिसमा परेका थिए ।

२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले आफूमाथि बलात्कार गरेको भनी २०७६ मंसिर ११ गते उनका महिला अनुयायीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

जाहेरीपछि पक्राउ परेका सिद्धबाबाले हिरासतको समय अवधी विराट नर्सिङहोममा बिताएका थिए । गिरीलाई तत्कालिन जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले १४ पुस २०७६ मा तीन लाख धरौटीमा पूर्पक्षका लागि छाड्ने आदेश दिएको थियो ।

जिल्लाको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले उच्चमा पुनरावेदन दिएको थियो । ९ माघ २०७६ मा उच्च अदालत विराटनगरमा मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाउँदै थुनामा राखेर मुद्दाको पूर्पक्ष गर्न आदेश दिएको थियो ।

अदालतमा मुद्दा सुनुवाइ भएकै दिन विराटनगर रानी हुँदै भारत पुगेका गिरी ४० दिनपछि हाजिर भएर थुनामा बसेका थिए ।

Tags: अदालतउच्चकार्यालयलेजिल्लानिवेदनपुनरावेदनफैसलाविरुद्धविराटनगरमासरकारी वकिलसुनसरीको
ADVERTISEMENT
Previous Post

नेपाली काँग्रेस सुनसरीले चार बुँदे निर्णय गर्दै,भोली सिडिओलाई ज्ञापनपत्र बुझाउने

Next Post

राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइन् कोरोना खोप

Next Post
राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइन् कोरोना खोप

राष्ट्रपति विद्यादेवी भण्डारीले लगाइन् कोरोना खोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • देवानगञ्जमा राहतमा अनियमितता गरेको भन्दै स्थानीयद्धारा वडा कार्यालय घेराउ
  • हरिनगरामा अपाङ्गता भएका व्यक्तिहरुलाई झुल तथा साडी बितरण
  • कम्तीमा ३ साता विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस
  • पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा विपुल पोखरेल सहितको प्यानल विजयी, कसले कति मत पाए ?
  • सर्वोच्च अदालतको आदेशमा कोरोना जोखिमबीच भक्तपुरमा रथ जात्रा
  • पत्रकार महासंघको केन्द्रीय अध्यक्षमा पोखरेलको जित
  • दोस्रो चरणको लकडाउन हुन सक्छ, प्रधानमन्त्री ओली
  • शुक्रबार एकै दिन भारतमा १ लाख ४४ हजार ८२९ जना नयाँ संक्रमित फेला, ब्राजिलमा ३६ सयको मृत्यु

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist