काठमाडौं,। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ ।
ओलीले नेपाललाई टेलिफोन संवादमामार्फत भेटवार्ताको आग्रह गर्नुभएको हो । स्रोतका अनुसार ओलीको प्रस्तावमा नेता नेपाल सहमति हुनुभएको छ ।
आन्तरिक छलफलपछि नेता नेपालले ओलीलाई भेट्ने बताइएको छ । अहिलेसम्म भेटको समय र ठाउँ तय नभएको स्रोतले बतायो।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुई भन्दा बढी दलको संयुक्त सरकार गठनका लागि आह्वान गरेको समय आज सकिदैछ ।
माधव समूहले ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्न सामूहिक राजीनामा दिने हल्ला चलिरहेको बेला ओलीले नेपाल समूहसँग छलफललाई तीब्रता दिनुभएको हो ।
यसअघि ओली पक्षीय स्थायी कमिटी बैठकले नेपालसहित चार नेतालाई गरिएको निलम्बन फुकुवा गरेको थियो।