काठमाडौं,। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुग्नु भएको छ ।
अध्यक्ष ठाकुर राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दिएको समय सकिन लाग्दा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नु भएको हो ।
अहिले उहाँहरुबीच छलफल चलिरहेको प्रधानमन्त्रीको कार्यलय स्रोतले जनाएको छ । उता नेपाली काँग्रेसले नयाँ सरकारका लागि जसपा एकजुट भएर आफ्नो पार्टीको सरकारलाई समर्थन गर्न नसक्ने देखेपछि गठबन्धनको सरकार बनाउने बिषयमा पछि हटेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले पनि नयाँ सरकारको दावी नगर्ने पक्षमा पुगिसकेको छ ।
प्रधानमन्त्री ओली र नेत ठाकुरबीच कुन बिषयमा छलफल भइरहेको भन्ने बिषय खुलेको छैन । संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार नवनेको अवस्थामा प्रधानमन्त्रीका ओली पुनस् नियुक्ति हुनुहुनेछ ।