काठमाडौँ,। सरकारले श्रमजीवी पत्रकारहरुलाई ७ लाखसम्मको दुर्घटना वीमाको व्यवस्था गरेको छ ।
आर्थिक वर्ष २०७८ र ७९ को बजेट प्रस्तुत क्रममा अर्थमन्त्री विष्णु पौडेलले श्रमजीवी पत्रकारका लागि ७ लाखसम्मको दूर्घटना वीमाको व्यवस्था गरिएको बताए ।
बिमाका लागि ५० प्रतिशत प्रिमियम रकम सरकारले व्यहोर्ने पनि उनले बताए । यसैगरी श्रमजीवी पत्रकारहरुका लागि निःशुल्क उपचारको व्यवस्था मिलाइएको पनि अर्थमन्त्री पौडेललले बताएका छन् ।
यसका लागि पत्रकार महासंघका सदस्यहरुलाई प्रेस काउन्सिलले जारी गरेको उपचार कार्डको आधारमा सरकारी अस्पतालहरुमा निःशुल्क रुपमा उपचारको व्यवस्था गरिएको उनले बताए ।
जागिर खोसिएका पत्रकारहरुका लागि लेखनवृत्तिसमेत उपलब्ध गराउने मन्त्री पौडेलले बताएका छन् ।