नसीम अन्सारी
इनरुवा,। काठमाडौंबाट बिराटनगरको लागि उडान भरेका फिस्टेल एयररको हेलिकप्टर इनरुवा-६ स्थित सखुवागाछी नजिक धानखेतमा इमर्जेन्सी ल्यान्ड गरिएको छ ।
हेलिकप्टरमा दुई पाइलटसहित २ जना यात्रु सवार रहेका पाइलट प्रतिया रानाले बताए । रानाका अनुसार काठमाडौंबाट बेलुका ५ बजेर ४५ मिनेटमा हामीले फिस्टेल एयररको हेलिकप्टर बिराटनगरको लागि उडान भरेका थिए।
बिराटनगर एयरपोर्टमा एयर ट्राफिकका कारण हामीले त्यहाँ ल्यान्ड गर्न अनुमति नपाएपछि त्यसपछि इटहरीको रंगशालामा ल्यान्ड गर्न निर्णयमा पुगेको पाइलट रानाले बताए हो।
टाइमीगंले गर्दा रातिको समय भएकोले इटहरी रंगशाला नपुग्दै हामी यहाँ सकुशल धानखेतमा इमर्जेन्सी हेलिकप्टर ल्यान्ड गर्न पुगेको छौं ।
हेलिकप्टर धानखेतमा ल्यान्ड भएपछि त्यहाँ हिलो र पानी रहेका कारण पुनःह त्यहाँबाट सुरक्षति सुख्खा ठाउँमा ल्याएर ल्यान्ड गरेको हो
सुनसरी प्रहरीका अनुसार खेतमा ल्याण्ड भएको 9N-II हेलिकप्टर सुरक्षित छ । प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कार्कीका अनुसार हेलिकप्टरमा चालक दलका सदस्य सहित सवार सबै ४ जना सकुशल रहेका छन ।
प्रहरीका अनुसार काठमाण्डौंबाट उडेको हेलिकप्टर निर्धारित समय भित्र बिराटनगर एयरपोर्ट पुग्न नसक्दा इनरुवामा ल्याण्ड भएको हो ।
निर्धारित समय भन्दा ढिला भएकाले एयर ट्राफिक कन्ट्रोलको “जहाँ छ त्यहीँ अवतरण गर्नु ” भन्ने निर्देशन बमोजिम पाइलटले सखुवागाछीमा हेलिकप्टर अवतरण गराएको प्रहरीको भनाई छ ।
प्रहरीले दिएको जानकारी अनुसार पाइलटले एयरपोर्टमा अवतरण अनुमति नपाएपछि सुरक्षित स्थानको खोजीको क्रममा धन खेतमा ल्याण्ड गराएका हुन ।
सो क्रममा समथर स्थान सोचेर ल्याण्ड गर्ने क्रममा धानखेतमा हेलिकप्टर अवतरण भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
स्थानीयले भने हेलिकप्टरका पाइलटले असजहता महसुस गरेर उडान भर्दै गरेको अवस्थामा हिलाम्मे धानखेतमा आकस्मिक ल्याण्ड हुन पुगेको बताएका छन ।
उनीहरुले प्रकृति हेर्दा दुर्घटना टरेको बताए । स्थानीयले घटना छानविनको माग गरेका छन । उनीहरुका अनुसार धानखेतमा ल्याण्ड भएको हेलिकप्टर अहिले भने चौरमा सारिएको छ । हेलिकप्टर मनोज भेटवालले चार्टर गरेर ल्याएको प्रहरीले जनाएको छ ।