काठमाडौँ, । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना पोजिटिभ देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना भएका छन् । स्रोतका अनुसार सोमबार साँझ एपीएफ अस्पताल बलम्बुमा उनी भर्ना भएका हुन् ।
आइतबार प्रधानन्यायाधीश जबराका एक जना पारिवारिक सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका राणाले सोमबार दिउँसो स्वाब परीक्षण गराएका थिए ।
त्यसको केही घण्टापछि उनको रिपोर्ट कोभिड पोजिटिभ आएको थियो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार राणालाई निमोनिया पनि देखिएको छ । कार्यालय समय सकिएपछि उनी एपीएफ अस्पताल पुगेका थिए ।