अकबर अलि
दुहबी। सुनसरीको दुहबी नगरपालिका वडा नं.५ स्थित रहेका ईलाका प्रहरी कार्यालयको नव निर्मित भवन समुदघाटन गरको छ ।
सोमबार एक समारोहका बिच एक नम्बर प्रदेशका प्रहरी नायब महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली र दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले संयुक्तरुपमा रिवन काटेर भबन समुदघाटन गर्नुभएको हो ।
अढाइ तल्ले भवन जम्मा लागत २ करोड ६८ लाखमा निर्माण गरिएको हो । सो भवनमा २१ वटा कोठा रहेको छ । कार्यक्रममा शुभकामना मन्तव्य दिंदै नगर प्रमुख गच्छदारले दुहबी नगरपालिकामा डिएसपीको खाँचौ औंल्याउँदै दुहबी ११ तनमुनामा भवन निर्माण पुरा भएकोले अस्थाइ प्रहरी चौकी राख्नुपर्नेमा जोड दिएका थिए ।
नगरपालिकामा अपराधिक गतिविधि दैनिक बढन थालेकोले दुहबीमा सिसिटिभि क्यामेरा जरान गर्ने जरुरी रहेको कार्यक्रममा सहभागीहरुले सुझाव दिएको हो।
समुदघाटन कार्यक्रममा दुहबी नगर उपप्रमुख सुनिता दाहाल ९साह० ले सुनसरी–मोरङका प्रहरी प्रमुखहरु, दुहबी नगरपालिका जनप्रतिनिधिहरु, राजनितिक दलका प्रतिनिधि, दुहबी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत आन्नदराज पोखरेल, विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योगी ब्यापारी लगायतको उपस्थिती रहेको थियो।