काठमाडौं, सरकारविरुद्ध विपक्षी दलहरु मोर्चा बनाएर अगाडि बढ्ने कसरतमा छन् । समाजवादी पार्टी सरकारबाट बाहिरिसँगै विपक्षी मार्चा केही बलियो बन्ने देखिएको छ । चालु संसद अधिवेशन पनि सरकारका लागि विगतको भन्दा चुनौतीपूर्ण हुने संकेत देखिएको छ ।
प्रतिनिधिसभामा सत्तारुढ दल नेकपाका १७४ जना सांसद छन । नेपाली कांग्रेसका ६३, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीका १७(१७ तथा नेमकिपा र राप्रपाका १(१ सांसद छन् । समाजवादी पार्टी बाहिरिएपछि सरकारले दुई तिहाईको सुविधाजनक बहुमत गुमाएको छ । सरकारका गलत कामको विरोध गदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा राजपासँग मुद्दाका आधारमा कार्यगत एकता गर्दै आएकोमा अव समाजवादीसँग पनि एकता गर्ने तयारी गरेको छ । संसदमा रहेका विपक्षी दलको मोर्चाबन्दी हुँदा सरकारका लागि अघिल्लो भन्दा चालु अधिवेशनको केही चुनौतीपूर्ण हुने छ ।
सरकारले संविधान संशोधन गरेर आफ्नो माग पूरा नगरिदिएको भन्दै रुष्ट बनेको समाजवादीले संसद र सडक तताउन कांग्रेससँग कार्यगत एकताको हात अगाडि बढाइसकेको छ । समाजवादीका शीर्ष नेताले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सरकारविरुद्ध मोर्चाबन्दीको प्रस्ताव गरिसकेका छन् ।
सत्तारुढ दल नेकपाले भने सरकार सञ्चालनका लागि सुविधाजन बहुमत पर्याप्त रहेकाले समाजवादीको सरकार बर्हिगमन र विपक्षीबीच हुने मोर्चाबन्दीले फरक नपर्ने बताएको छ । संविधान संशोधन आवश्यक नरहेको बताउँदै आएको उसले विपक्षी बलियो भएर आए सरकारलाई फाइदै हुने औंल्याएको छ ।
समाजवादी बाहिरिएसँगै नेकपाले राजपालाई सरकारमा भित्र्याउने तयारी गरिरहेको चर्चा पनि छ । तर, संविधान संशोधनको अड्डीमै रहेको राजपा तत्काल सरकारका सहभागि हुने मनस्थितिमा छैन । सरकारसँग २ तिहाई नहुँदा उसले चाहेको विषयमा संविधान संशोधनका लागि फेरि राजपा वा समाजवादीलाई साथमा लिनुपर्ने छ ।