नसीम अन्सारी
इनरुवा । सुनसरी पत्रकारका महा हस्ति इटहरीका पुराना पत्रकार याम प्रधानको निधन भएको छ । लामो समय देखि दुबै मृगौला फेल भएर उपचार गदै आएका प्रधानको आफ्नै निवासमा आज विहान ३ बजे निधन भएको हो।
पत्रकारीता क्षेत्रमा चार दशकदेखि चलिरहेको कलम रोकीएको छ । अग्रज पत्रकार याम प्रधान हामी बिच रहनु भएन । मृगौलाको खराबीको कारण लामो समय उपचारमा रहनु भएको उहाको आज बिहान निधन भएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष,नेपाल प्रेस युनियनको पूर्व उपाध्यक्ष तथा प्रेस स्वतन्त्र सेनानी प्रधानको निधन भएको हो । पत्रकारितामा सक्रिय प्रधानलाई लामो समय देखि मृगौलाको डाईलेसिस गराउँदै राखिएको थियो ।