दुहबी,। सुनसरीको दुहबी क्षेत्रमा ६ लेन सडकमा पर्ने घर टहरा बल प्रयोग गरि भत्काउन थालेको छ ।
नगरपालिकाले दुहबीको मुख्य बजार देखि उत्तर र दक्षिणतर्फ बल प्रयोग गरेर घर टहरा भत्काउन थालेको हो ।
बजार क्षेत्रसँगै आसपासको जग्गा खाली गर्न दिएको अन्तिम समय शुक्रबार सकिएपछि आज शनिबार देखि बल प्रयोग गरेर हटाउन थालिएको हो।
नगरपालिकाले जग्गा खाली गर्न यसअघि पटक-पटक आग्रह गर्दा पनि अटेर गरेपछि अन्तिम पटकलाई शुक्रबारसम्मको म्याद दिएको थियो। तर, म्याद तोकिएको समय भित्र पनि घर टहरा नहटाएपछि र हटाउन समेत अटेर गरेपछि नगरपालिकाको अगुवाईमा भत्काउन थालिएको हो।
जग्गा खाली गर्ने क्रममा स्थानीयवासीले अवरोध गर्ने प्रयास गरेपछि वडा नं. ५ र ६ का वडा अध्यक्षको नेतृत्वमा प्रहरीको बाक्लो उपस्थितीमा डोजर प्रयोग गरि भत्काइएको छ।
दुहबी बजारको उत्तर दक्षिणको केही भागमा भन्ने १५-१५ फिट विस्तार गर्दा जग्गा पुगेको छैन। मुख्य बजार क्षेत्रमा भने सडक विस्तार नगर्ने टुंगो लागेको छ। तर, तोकिएको जग्गा अपुग भएकाले गर्दा त्यसमा पनि खाली गराइने भएको छ।