नसीम अन्सारी
इनरुवा,। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाली काँग्रेसको विकल्प डा. इसराईल मंसुरी रहेको छ।
सरकारले स्थानीय तहको निर्वाचन बैशाख ३० गते गर्ने घोषणा गरेपछि देशभरि चुनावी माहोल बन्दै गएको हो।
स्थानीय तहको चुनाव नजिकै गर्दा उम्मेदवारहरु आगामी नेत्तृत्वको लागि चर्चा परिचर्चा चुलीन थालेको छ।
नेपाल मुस्लिम संघ प्रदेश नम्बर १ का सभापति तथा नेपाली काँग्रेसका प्रभावशाली नेता डा. इसराईल मन्सुरीले आन्तरिक तयारी तिब्र पारेका छन्।
नेपाली काँग्रेसको युवा पुस्ताबाट भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष पदका उम्मेदवारका लागि उनको नामको चर्चा व्यापक छ।
पछिल्लो समय युवाहरुबीच निकै लोकप्रिय बनेका डा. मन्सुरी चर्का भाषण गर्ने नेता भन्दा पनि केही न केही काम गरेर देखाउने नेताको रुपमा परिचित छन्।
राजनीतिसँगै सामाजिक सेवामा सक्रिय रहेका मन्सुरी जागिरबाट राजिनामा दिएर राजनीतिमा स्थापित भएका नेता हुन।
पछिल्लो समय आफ्नो स्वास्थ्यको ख्याल नगरी दिनदुखिको सेवामा तल्लिन भएर निषेधाज्ञाले अप्ठ्यारोमा परेका जनतालाई सहयोग गरेर निकै नै प्रसंसनीय काम गरेका थिए।
सामाजिक सेवामा युवा नेताहरुमा अग्रपङ्तिमा देखिएका मन्सुरी भोक्राहा नरसिंह गाउँपालिकामा बाढिपिडितलाई सहयोग गर्न आफ्नो टोली लिएर गाउँ-गाउँ पुग्ने नेता हुन।
मन्सुरीले सामाजिक क्षेत्रमा गरेको कामले अहिले सामाजिक संजालदेखि युवा माझमा उनको छुट्टै छबि बनेको छ।
काँग्रेसमा डा. इसराईल मन्सुरी जस्तो सहयोगी मन भएको उर्जाशील, कर्मशिल, क्रीयाशील र गतिशील नेताको आवश्यकता छ भनेर स्थानीयवासी, युवा, विद्यार्थी, अग्रज नेताहरुले टिप्पणी गरेका छन्।
नेपाली काँग्रेसको अगामि बैशाख ३० गते हुने निर्वाचनमा नेपाली काँग्रेस पार्टीले भोक्राहा नरसिंह गाउँपालिकामा डा. इसराईल मन्सुरीलाई अध्यक्ष पदको टिकट दिनुपर्ने बजार र चौकको चिया पसल देखि स्थानीय, क्षेत्रीय र जिल्लाका नेताहरु माझ उनको नामको चर्चा रहेको छ।
जनता र युवा माझ निकै लोकप्रीय रहेका डा. मन्सुरीले पार्टीमा आमुल रुपान्तरणको खाँचो छ, काँग्रेस पार्टी अब पुरानो तरिका, गतिहिन, परम्परावादी, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन।
पार्टी भित्रको गुटबन्दि, नातावाद, भागबन्डा , व्यक्तपगत स्वार्थ, पदीय स्वार्थ र चाकडीवादको राजनीति अन्त्य हुनपर्छ भन्ने उनको मुल नारा छ।
नेता मन्सुरीले अहिलेको युग सूचना प्रबिधिको युग भएकोले पार्टीका नेताहरुले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेतलाइ गम्भीर ढङगले बुझ्न सक्ने हुनुपर्ने बताए।
उनले भने, नेपाली काँग्रेसलाई मजबुत र सशक्त पार्टी बनाउन अब संगठन सुद्दिकरण र सुदृढीकरणको अभियान चलाउनु पर्छ। पार्टीमा व्यक्ति होइन विचार, पद होइन पद्दति, सत्ता होइन समाज, नेता होइन नीतिको मुल मर्म र आदर्शमा आधारित मुल्य मान्यताको राजनीति स्थापित हुन अतिआवश्यक भइसकेको छ।
नेपाली काँग्रेसलाई अब समयको गतिसँग दौडिने जनताको मनमा बसिरहने गतिशील, कर्मशील र उर्जाशील पार्टी बनाउन सबै कांग्रेसीहरु एकताबद्ध भएर लाग्नुपर्ने उनको मान्यता छ।
कम्युनिस्टको अत्याचार र भ्रष्टाचारबाट जनता वाक्क भइसकेको बताउँदै नेता मन्सुरीले नेपालमा कम्युनिस्ट पूर्णरुपमा असफल भइसकेको बताए ।
उनले भने, जनताले कम्युनिष्टको विकल्प खोजिसकेका छन्। यस्तो बेला नेपाली काँग्रेस पनि पुरानै पाराबाट चलेर हुँदैन। विगतका कमि कमजोरीहरुलाई सुधारेर अब नयाँ सोच, विचार, नयाँ उर्जा, कार्यक्रम र नयाँ भिजनका साथ अगाडि बढेर जनताको आशा, विश्वास र भरोसाको पार्टी बनाउनु पर्छ।
नेपाली काँग्रेसका आशा लाग्दा नेताहरु मध्यमा पर्ने नेता डा. इसराईल मन्सुरीले आफू विगत ५ साल देखि भातृ संस्थाको प्रदेश १ का सभापतिको जिम्मेवारिमा बसेर काम गरिसकेकोले अब आफ्नो ध्यान पार्टिको मुल राजनीति र भोक्राहा नरसिंह गाउँपालिकामा नै केन्द्रीत रहेको बताए।
नेपाली काँग्रेसको सङगठनलाई गाँउस्तरसम्म पुगेर वडा–वडा, टोल–टोलसम्म निर्माण र बिस्तार गर्नु आफ्नो कर्तव्य र जिम्मेवारि रहेको उनले बताए।
उनले भने, म जागिरबाट राजिनामा दिएर राजनीतिमा होमियको हुँ मलाई कुनै नीजि फाइदा र स्वार्थ छैन। जनताको सेवा, गाउँको विकास र समाजको परिवर्तन नै मेरो मुख्य उद्देश्य हो।
म कुनै पदको लागि भन्दा पनि आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई भोक्राहा नरसिंह गाउँपालिकामा पहिलो पार्टी बनाउन कम्मर कसेर लाग्ने प्रण गर्दछु।
आगामी निर्वाचन काँग्रेसको भोक्राहा नरसिंह गाउँपालिकामा एकल बहुमतको सरकार बन्छ। नेता मन्सुरीले भने काँग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरु व्यापक सद्भाव र समर्थन जुटिरहेको छ।