इनरुवा,। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मधेसीको पार्टी भएको बताएका छन् ।
सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले प्रवेशको लहर मधेसमा चलेको उल्लेख गर्दै एमाले मधेसीको पार्टी भएको बताए ।
उनले भने, ‘एमाले पहाडियाको पार्टी होइन । एमाले मधेसीको पार्टी हो। उनले एमाले विरोधी पार्टी भएको भन्नेहरूलाई गलत साबित गर्न एमाले प्रवेशको लहरले उत्तर दिएको बताए ।
एमालेले जनमत हुँदा हुँदै पनि मुद्दा हारेर सरकार छाड्नुपरेको उल्लेख गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय ढुकुटी कमजोर भएको र देश श्रीलंकाको बाटोमा गएको बताए ।
सरकार परिवर्तन गर्न नभएर आम विकास गर्न नयाँ एमाले सरकार स्थानीय सरकारमा आउने ओलीले बताए । ११ लाख सुकुम्वासीलाई धन पुर्जा दिने एमाले तयारी हुँदा गठबन्धनको सरकार बनेर असम्भव भएको ओलीले बताए ।
बिभिन्न पार्टी परित्याग गरेर सयौं भन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेस गरेका हुन् । नवप्रवेसीहरुलाई पार्टीका अध्यक्ष ओलीले फुल माला र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा एक नम्वर प्रदेशका पूर्व मन्त्री जगदिसप्रसाद कुशियैत, पार्टीका जिल्ला अध्यक्ष रेवतिरमण भण्डारी, खेमराज पोखरेल, सरोज पोखरेल, बिभिन्न स्थानीयतहमा निर्वाचित जनप्रतिनीधिहरु ल्गायतको सहभागीता रहेको थियो ।