इनरुवा,। स्थानीय तह निर्वाचनका लागि सुनसरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
सुनसरीको सदरमुकाम इनरुवामा रहेको जिल्ला समन्वय समिति कार्यालयको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
मुख्य निर्वाचन अधिकृतसमेत रहेका जिल्ला न्यायाधीश कैलास प्रसाद सुबेदीले कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कामकाज अगाडि बढाइएको बताए।
सुनसरी जिल्लाका १२ वटै स्थानीय तहमा आजै निर्वाचन अधिकृतको कार्यालयहरू स्थापना भइसकेको उनले बताए।
अहिले एक कार्यालयमा नौ जनशक्ति परिचालन हुने मुख्य निर्वाचन अधिकृत सुबेदीले जानकारी दिएका छन्। सुनसरीमा-६ गाउँपालिका, ४ नगरपालिका र २ उपमाहानगरपालिका रहेका छन्।