स्मार्ट २४ न्यूज
झुम्का,। सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ टावर टोल स्थित नेवाः दय् दबू रामधुनी नगर समितिको सामुदायीक भवन प्रतिनिधि सांसद सिताराम महेताले शिलान्यास गरेका छन् ।
सुनसरी क्षेत्र नं.२ का प्रतिनिधि सांसद मेहता आपनो सांसद कोषबाट रु १० लाख सहयोग दिएको नगर सामुदायिक समितिले बताए। समितिले लाखे नाच र देउसी भैलोबाट संकलन गरेको रकमबाट वडा नं.१ मा १० धुर जग्गा खरिदगरी भवन निर्माण गर्न लागेको हो ।

सांसद मेहताले सामुदायीक भवन शिल्यानास गर्दै निर्माण योजना समयमै सम्पन्न गर्नु पर्ने सुझाव दिएका छन् । रामधुनी नगर समितिका अध्यक्ष केदार श्रेष्ठको सभापतित्वमा भवन शिल्यानास कार्यक्रम भएको हो । भवन निर्माण समितिको संयोजक श्याम कुमार श्रेष्ठ रहेको उहाँले बताए ।
रामधुनी नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष महेश चौधरीले वडामा भएकोले यसको संरक्षणको दायित्व पुरागर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सामुदायिक भवन वडाकै सम्पति भएकोले सम्पूर्ण वडाबासीहरुले यसको संरक्षण गर्नुपर्ने बताए ।
सोे कार्यक्रममा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी १ नम्बर वडाअध्यक्ष महेश चौधरी वडा सदस्य देवराज पोखरेल, हरिवंश साह, ३ नम्बर वडा सदस्य नारायण श्रेष्ठ, नेपाली काँग्रेस जिल्ला सदस्य सगेन चौधरी, ईश्वर घिमिरे, नगर सचिव दिलु राई, सान्तकुमार श्रेष्ठ लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो।