तनविर रेजा राइन
सिरहा,। प्रदेश नम्बर २ का उद्योग,पर्यटन,वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले दहेज प्रथालाई तल झार्नु पर्छ प्रतिबद्धता जनाएका छन् ।
सिरहाको कल्यानपुर नगरपालिका वडा नम्बर १० स्थित सिन्चिरैया चोकमा दहेज मुक्त अपन मिथिला समाज सेवा संस्थाद्धारा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै राज्यमन्त्री मण्डलले दहेज प्रथालाई निर्मुल पार्न सबैको सहयोगको आवश्यकता रहेको बताए ।
उहाले दहेज हाम्रो समाजका लागि क्यान्सर भन्दा पनि ठुलो घातक रोग सरह रहेको जिकिर गरे ।
उनले भने,‘दहेज लिनु र दिनु दुबै कानूनी अपराध हो । तसर्थ अब हामी सबैजना मिलेर यसको विरोध गरौं ।’ प्रदेश नम्बर २ सहित अन्य स्थानहरूमा पनि दहेजमुक्त समाज घोषणा गर्नुपर्छ,‘मन्त्री मण्डलले भने ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष संजय कुमार साहले दाईजो प्रथा,महिला शोषण,महिला हिँसा,बलात्कार र भ्रष्टचारको विरुद्ध आवाज उठाउने,गरिब,दलित जनजाति,अपाङ्ग तथा असहायहरुको सहयोग गर्ने,छुवाछुत एवं कुविचार मुक्त समाज सहितको अभियान,गरिब,पिडित र असहाय बालबालिकाहरुलाई निःशुल्क शिक्षा दिने दहेज मुक्त अपन मिथिला समाज सेवाको उद्देश्य रहेको स्पष्ट पारेका थिए ।
कार्यक्रममा दहेज मुक्त अपन मिथिला समाज सेवाले आफ्नो संस्थाको कार्यसमितिलाई विस्तार गर्दै संस्थामा गिता देवी महरा,जासो देवी महरा,शान्ति देवी मण्डल र अनिता कामतिलाई सदस्य पदमा थप गरेको छ ।
कार्यक्रममा कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल,हरिदेव मण्डल,सियाराम पासवान, संस्थाका उपाध्यक्ष रामधनी राउत,सचिव संजय ठाकुर,कोषाध्यक्ष दिनेश कुमार मण्डल लगायत स्थानीय भद्रभलादमीको समेत सहभागिता रहेको थियो ।