नसीम अन्सारी
इनरुवा,। सुनसरी जिल्ला सदरमुकाम इनरुवामा नेपाल वैश्य युवा संघ १ नम्बर प्रदेशको सम्मेलन चैत्र १ र २ गते इनरुवाको सुनसरी बहुमुखी क्याम्पस अगाडिको क्रिकेट खेलमैदानमा हुने भएको छ ।
जितेन्द्र प्रतिष्ठान इनरुवाको सभाहलमा आज पत्रकार सम्मेलन गरी संघले चैत्र १ गते बिहान साढे १:३० बजे सुनसरी बहुमुखी क्याम्पस अगाडिको क्रिकेट खेलमैदानमा उपस्थिती हुन आग्रह गरेको छ ।
पत्रकार सम्मेलन नेपाल वैश्य युवा संघका राष्ट्रिय अध्यक्ष दिलिपचन साहुले आयोजना गरेर जानकारी दिएको हो। १ नम्बर प्रदेश सम्मेलन कार्यक्रममा अध्यक्ष साहुले ५० हजार भन्दा बढि नेपाल र भारतबाट समेत गरि जनसंख्या सहभागी हुने उहाँले बताए । वैश्यहरुको छुटै कलष्टर निर्माणको लागि दवाव रुवरुप सम्मेलन गर्न लागिएको जानकारी दिनुभयो ।

सम्मेलनमा नेपाल वैश्य युवा संघ समाजका बिभिन्न नेता,उद्योगीहरु तथा भारतका विभिन्न नेता, माननीय सांसद मन्त्रीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनको लागि कुल ३५ लाख खर्च लाग्ने र सवै खर्च वैश्य समाजका अगुवाहरुबाट उठाईने अध्यक्ष साहुले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा राष्ट्रिय अध्यक्ष दिलिपचन साहु प्रदेश नं.१ संयोेजक उमेश प्रसाद साह सुनसरी जिल्ला ईन्चार्ज त्रिलोक नाथ गुप्ता जिल्ला अध्यक्ष रमेश प्रसाद साह उपाध्यक्ष उमेश साह सचिव चन्द नायक सह(सचिव राजकुमार साह कोषाध्यक्ष बिरेन्द्र साह सदस्यहरु विजय गुप्ता,चन्देश्वर साह, ममता साह,गीता साह सुष्मा साह लगायतको सहभागिता रहेको थियो ।