अकबर अलि
दुहबी,। सुनसरीको दुहबी नगरपालिका वडा नम्बर २ बस्ने धिरेन्द्र चौधरीले इलाका प्रहरी कार्यालय दुहबी र दुहबी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष अरविन्द बिश्वासबाट आफु असुरक्षित भएको भन्दै सुरक्षाको लागि पत्रकार समेलन गरेर अपिल गरेका छन ।
मंगलबार दुहबीमा पत्रकार समेलन आयोजना गरि उनले अपिल गरेका हुँन । चौधरीका अनुसार पुर्व पत्नीसँग ५ वर्ष अगाडी आफुले कानुनी रुपमा सम्बन्ध बिच्छेद गरेको हो। सम्बन्ध बिच्छेद भएपछि अंशबण्डाको क्रममा दुवै जनाको सहमति अनुसार जग्गा लिने दिने कुरा भएको थियो ।
भागबन्डा गर्ने बेलामा अरु जग्गामा सहमति भएपनि घर रहेको जग्गामा सहमति नभएपछि पुर्व पत्नी ममता चौधरीले सो घर जग्गामा आफ्नो हकको अंश लिन सुनसरी जिल्ला अदालतमा अंशको मुद्दा गरेको थियो ।
जिल्ला अदालतबाट सुनाएको २०७३ असोज ६ गते सुनाएको फैसलामा घर खुलाएको थिएन । अदालतको फैसला आएपछि ममता चौधरीले अदालतको फैसला आपनो पक्षमा आएकोले घरमा बस्दै आइरहेको पुर्व पत्ती धिरेन्द्र चौधरीलाई घरबाट निकालनको लागि ममताले जग्गामा कुनै अंश नलाग्ने पत्र ल्याई दुहबी नगरपालिकाको न्यायिक समितिमा जग्गामा भएको घर खालि गरि पाउ भनि उजुरी गरेका थिए ।
न्यायिक समिति दुहबी नगरपालिकाले घर खालि गर्न पटक–पटक पत्र काटेपछि धिरेन्द्र चौधरीले न्यायिक समितिको निर्णय बदर हुने गरि जिल्ला अदालत सुनसरीमा २०७५ माघ २९ गते मुद्दा दायर गरेको बताए ।
सो मुद्दा हाल सम्म पनि अदालतमा बिचाराधिन रहेको हुनाले अदालतको अपहेलना हुँने गरि दुहबी नगरपालिका वडा नम्बर २ को कार्यालयबाट वडाअध्यक्ष अरबिन्द बिश्वास र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएका प्रहरीले आफु र आफ्नो परिवारलाई थुन धाक धम्कि दिएको हो।
साथै सोमबार मेरो घरमा आएर जग्गा नापि गरि नक्सा बनाउने भन्दै ममताको घर जग्गा हो। भन्दै नापि गर्न खोजदा आफु नरम भाषाबाट यो घर जग्गाको मुद्दा अदालतमा बिचाराधिन भएकोमा सम्मानित अदालतबाट जे फैसला आउछ आफु स्विकार्न तयार छु। तर अहिले कुनै नापि नगर्नु, अदालतमाथी अपमान नगर्नु भन्दा प्रहरीले आफु र आफ्नो परिवार माथि दुर्ववहार गरेको बताए ।
सो विषयमा आफुले ईलाका प्रहरी कार्यलय दुहबीमा बुझ्न् जाँदा प्रहरी निरीक्षक प्रवीण कार्कीले आफुलाई हप्कि दप्कि गरि बढि बोल्छस अहिले थुन्छु भनि धम्कि दिएपछि आफु प्रहरीबाटनै असुरक्षित महसुस भएको भन्दै सम्पुर्ण मानव अधिकारकर्मी , नागरिक समाज, राजनितिक दल, संचारकर्मीसँग सुरक्षाको लागि पत्रकार समेलन गरि अपिल गरेको बताए ।
उहाँको आरोप खण्ड गर्दै दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्कीले कुनै किसिमको धाक धम्कि नदिएको र निजको पुर्व पत्नी ममता चौधरिले आफ्नो घर जग्गाको नापि नक्सा गर्न नदिएको आफुमाथी र्दुव्यवहार गरेको भन्दै शान्ति सुरक्षा कायम गरि पाउ भनि उजुरीको आधारमा शान्ति सुरक्षाको लागि प्रहरी पठाएको बताए ।