Sunday, February 28, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

मुस्लिम समुदायको आल्मी इज्तिमा गृह मन्त्रालयद्वारा स्थगित

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१ वर्ष अगाडि
समाचार
मुस्लिम समुदायको आल्मी इज्तिमा गृह मन्त्रालयद्वारा स्थगित
56
SHARES
ShareTweet
Subscribe

स्मार्ट २४ न्यूज

राजविराज,। प्रदेश नं. २ सप्तरी स्थित जाँजरमा हुन लागेको फागुन ३ गते देखि सुरु हुने भनिएको मुस्लिम समुदायको धार्मिक प्रवचन (आल्मी इज्तिमा) स्थगित भएको छ।

गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी कार्यक्रम स्थगित गराएको हो। कार्यक्रम स्थगित भएको सप्तरीका सिडिओ सुनिल खनालले पुष्टि गरे कार्यक्रम स्थगनको कारण भने उनले बताएनन्।

कार्यक्रम स्थगन भएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले जाँजरमा ठुलो संख्यामा प्रहरी खटाएको छ भने दिउँसो ४ बजेदेखि नेपाल–भारत सिमा सिल गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए।

प्रशासनले मुस्लिम समुदायका अगुवाहरुसँग वार्ता समेत गरिरहेको बोदेबरसाइन ५ का वडाध्यक्ष मो. मजिवुर रहमानले बताए।

मुस्लिम समुदायले फागुन ३, ४ र ५ गतेका लागि बोदेबरसाइन–५, जाँजरमा इज्तिमाको आयोजना गरेको थियो। तयारी पूरा भएपछि सरकारले कार्यक्रम स्थगित गराएको इज्तिमा व्यवस्थापन समितिका सचिव मो. हुसेनले बताए।

कार्यक्रमका लागि करीब २ करोड खर्च गरी झण्डै २ सय बिगहा जग्गामा २१ लाख ६० हजार स्क्वायर फिटको पण्डाल र टहरा निर्माण गरिएको छ भने साना ठूला गरी करीब २ हजार शौचालय निर्माण गरिएको स्थानीयले जानकारी दिए।

करीब १५ र २० हजार धर्मावलम्वी आइसकेपछि कार्यक्रम स्थगित गराइएको भन्दै उनले असन्तुष्टि जनाए। ‘हाम्रो विशुद्ध धार्मिक प्रवचन कार्यक्रम हो। सरकारलाई शंका लागेको विषयमा सुरक्षा निकाय खटाएर आफ्नो काम गर्न सक्थ्यो‚’ उनले भन‚ ‘तयारी गर्नुअघि नै अनुमति नदिएको भएपनि हुन्थ्यो।’

यसअघि माघ ६ गते गृह मन्त्रालयले नै जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी उक्त कार्यक्रमको सुरक्षा मिलाउन आदेश दिएको थियो।

मुस्लिम आयोगको समन्वय, निगरानी र सुपरिवेक्षणमा संचालन हुने र अन्य कुनै गैरकानुनी गतिविधि नहुने भएकोले कार्यक्रम सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रशासनलाई निर्देशन गरिएको थियो।

अन्तर्राष्ट्रिय स्तरको र हजारौंको संख्यामा कार्यक्रम आयोजना हुन लागेको जानकारीपछि सुरक्षाको गाम्भिर्यतालाई मध्यनजर गर्दै केही समयअघि पहिलो पटक कार्यक्रममा रोक लगाइएको थियो।

प्रशासनले कार्यक्रम स्थगित गराएपछि मुस्लिम आयोगको पहलमा गृहमन्त्रालय मार्फत पुनः कार्यक्रमको अनुमति लिइए पनि राष्ट्रिय स्तरको कार्यक्रम गर्ने सहमतिमा दोश्रो पटक अनुमति लिइएको थियो।

Tags: गृह मान्त्रालयद्वारा स्थगित
ADVERTISEMENT
Previous Post

दुहबीमा २५ औं जनयुद्ध दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

Next Post

भ्यालेन्टाइन डे मा प्रेमिकालाई रातो गुलाब उपाहार

Next Post

भ्यालेन्टाइन डे मा प्रेमिकालाई रातो गुलाब उपाहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • प्रेस युनियन सुनसरीको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न
  • इनरुवामा विद्युत लाइन सर्ट भई आगलागी, एक घर जलेर नष्ट
  • इनरुवामा स्मार्ट २४ न्यूज र सुनसरी पोष्टको कार्यालय उद्धघाटन
  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist