Saturday, February 27, 2021
Smart24News
Advertisement
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा
No Result
View All Result
Smart24News

जातीय विभेदका कारण मैले धर्म परिर्वतन गरेँ, लक्षमी परियार

स्मार्ट २४ न्युज स्मार्ट २४ न्युज
१ वर्ष अगाडि
समाचार
जातीय विभेदका कारण मैले धर्म परिर्वतन गरेँ, लक्षमी परियार
72
SHARES
ShareTweet
Subscribe

स्मार्ट २४ न्यूज

काठमाडौं:- नयाँ संरचना अनुसार देशमा नयाँ संविधान आइसक्यो । धर्मनिरपेक्षता, संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान हामीले पाएका छाँै। तर अझै हाम्रो देशमा ‘धर्मनिरपेक्षता’ छ कि छैन भन्ने खालको द्विविधा छ । ‘धर्मनिरपेक्षता’ भनेकै के हो भन्ने बुझाइ पनि छैन ।

मेरै पार्टी नेपाली काँग्रेसमा कोही धर्मनिरपेक्षतालाई हटाएर धार्मिक स्वतन्त्रका कुरा राख्नुपर्ने भन्ने छन् भने कोही हिन्दु राष्ट्र नै बनाउनुपर्छ भनेर हस्ताक्षर संकलन गर्ने छन् । यसले हिन्दु धर्म मान्नेलाई राम्रै गर्ला तर विभिन्न किसिमका धर्म मान्नेहरुका लागि ठूलो समस्या सिर्जना गर्ने छ । संविधानमा धर्मनिरपेक्ष राष्ट्र भनेर लेखिसकेपछि यसमा लड्ने टेक्ने ठाउँहरु छन् । म आफैँ क्रिस्चियन धर्म मान्छु । लगभग २३ वर्ष भयो म क्रिस्चियन भएको ।

एसएलसी दिनलाई २ वर्ष बाँकी थियो । एसएलसीमा राम्रो नम्बर ल्याउनका लागि हलेसी मन्दिर गएर पूजा गर्नुपर्छ भनेर मलाई भनिएको थियो । किनभने मेरा बाबाआमा पनि हिन्दुसंस्कारबाट आउनुभएको हो । माग्नका लागि मन्दिर जानुपर्छ भनेर मेरा बाबाआमाले मलाई सिकाउनु भएको थियो । तर मैले आफ्नो जात भनेर मन्दिरमा पूजा गर्न पाउने अवस्था थिएन । त्यसपछि किन यस्तो भयो भनेर खोज्न थालेँ ।

२०४८ सालको कुरा हो, देशमा प्रजातन्त्र आइसके पनि धर्मको बारेमा खुल्लमखुला कुरा गर्न सक्ने अवस्था थिएन । तर लुकिछिपी मान्छेहरु कुनकुनै ठाउँमा क्रिष्चियन धर्मको बारेमा प्रसारप्रचार गरेको पाइन्थ्यो ।

१४ वर्षको उमेरमा मैले धर्म परिर्वतन गरेको हो । जातीय विभेदका कारण मैले धर्म परिर्वतन गरेँ तर मानिसहरु ‘डलरवादीले धर्म परिर्वतन गरे’ भन्छन् । यदाकदा त्यस्तो भएको होला । धर्म प्रचारकहरुले, पास्टरहरुले केही गरे होलान् । मैले देखेका धेरै स्थानमा धर्म र आस्था परिर्वतन गरेर उनीहरु रमाइरहेका थिए ।

एक दिन म निकै सारो बिरामी भएँ । डाक्टरले पनि मलाई फर्कादियो । क्रिस्चियन बनेपछि निको हुन्छ भनेर कसैकसैले आमा बाबालाई भनिदिएछन् । बाबाआमाले आफुले धर्म परिर्वतन नगर्ने तर छोरीलाई चाहिँ धर्म परिवर्तन गराइदिने निर्णय लिए । निको हुन्छ भने छोरी क्रिस्चियन भए पनि होस् भनेर उहाँहरुले मलाई जिम्मा लगाइदिनुभयो ।

सुरुमा मैले दुईवटा कुराबाट जोडेँ, एउटा बिरामी निको हुन्छ भन्ने र अर्को जातीय विभेद त्यहाँ थिएन । विशेष गरेर दलित समुदायले हिन्दु धर्म नै मान्छन् । हिन्दु धर्मको आस्था भनेको मन्दिरमा गएर पूजा गर्ने हो । तर दलित समुदायका कोही पनि मन्दिर पस्न पाउँदैनन् । आस्था लिएर मन्दिर जान नपाउने, अनि हामीले मागेको के पुरा हुन्छ रु

यो खालको सोचाइबाट अभिप्रेरित भएर धर्म परिवर्तन गरियो । विवाह भतेरदेखि लिएर सबै कुरामा सालाखाला बसेर खान पाइने, क्षेत्री–बाहुन जसको घर भए पनि भित्र पसेर आउजाउ गर्न मिल्ने भनिसकेपछि मेरो लागि ठूलो पुण्य प्राप्त भयो त्यहाँ ।

जात व्यवस्थासँग धर्म जोडियो । दलित समुदायमा जन्मेको कारण ठूलाबडाको घरको आँगन पनि टेक्न नपाउने हाम्रो समुदायले अर्को धर्ममा सँगसँगै बसेर खान पनि पाउने, एकै ठाउँमा बसेर पूजापाठ गर्न पाउने भइसकेपछि म धर्म परिवर्तन गर्न आकर्षित भएकी हुँ ।

धर्मनिरपेक्षता राष्ट्र घोषणा गरिसकेपछि यसलाई टिकाएर लैजाने अवस्था छ कि छैन भन्ने मुख्य कुरा हो । सबै नागरिकले स्वतन्त्रसँग आफ्नो धर्म मान्न पाउनु पर्छ । हामीले देखेका छौँ, जहाँ अल्पसङ्ख्यक छन्, त्यहाँ वहुसङ्ख्यकहरुले थिचोमिचो गरेका हुन्छन् । हिन्दु संस्कार र हिन्दु धर्मका लागि मन्दिरहरु बनाउन सरकारले जति प्राथमिकता दिन्छ, त्यति नै प्राथमिकता अरु धर्मलाई दिन्छजस्तो मलाई लाग्दैन ।

१४ वर्षको उमेरमा मैले धर्म परिर्वतन गरेको हो । जातीय विभेदका कारण मैले धर्म परिर्वतन गरेँ तर मानिसहरु ‘डलरवादीले धर्म परिर्वतन गरे’ भन्छन् । यदाकदा त्यस्तो भएको होला । धर्म प्रचारकहरुले, पास्टरहरुले केही गरे होलान् । मैले देखेका धेरै स्थानमा धर्म र आस्था परिर्वतन गरेर उनीहरु रमाइरहेका थिए ।

दलित समुदायका थुप्रै मानिस धर्म परिर्वतन गरेर क्रिस्चियन भएका छन् । कतिपय दलितले बुद्ध धर्म पनि मानेका छन् । वुद्ध धर्ममा पनि त्यति ठूलो जातीय विभेद हुँदैन ।

धर्मनिरपेक्षता राष्ट्र घोषणा गरिसकेपछि यसलाई टिकाएर लैजाने अवस्था छ कि छैन भन्ने मुख्य कुरा हो । सबै नागरिकले स्वतन्त्रसँग आफ्नो धर्म मान्न पाउनु पर्छ । हामीले देखेका छौँ, जहाँ अल्पसङ्ख्यक छन्, त्यहाँ वहुसङ्ख्यकहरुले थिचोमिचो गरेका हुन्छन् । हिन्दु संस्कार र हिन्दु धर्मका लागि मन्दिरहरु बनाउन सरकारले जति प्राथमिकता दिन्छ, त्यति नै प्राथमिकता अरु धर्मलाई दिन्छजस्तो मलाई लाग्दैन ।

त्यसैले धर्म भनेको राज्यको होस् । सबै धर्म मान्ने भएपछि मन्दिर बनाउने कुरामा उनीहरुले नै बनाउन सकुन् । चर्च क्रिस्चियनहरुले नै बनाउन सकुन्, बौद्ध धर्मावलम्बीहरुले आफै गुम्बा बनाउन सकुन् । अहिले एउटालाई काखा, अर्कोलाई पाखा गरेको अवस्था छ, त्यसैले धर्मनिरपेक्षताको अनुभूति गर्न सकेका छैनौँ ।

संविधानको धारा २४ मा जातीय छुवाछुन गर्न पाइदैँन भनिएको छ । दलितको हक भनेर धारा ४० मा लेखियो । तर एक हप्ता अघि पाँचथरमा अन्तरजातीय विवाह गरेका कारणले एउटा १९ वर्षीया बहिनीको पेटमा रहेको भ्रुण वडा अध्यक्षको दबाबमा हत्या गरियो । अन्तरजातीय विवाह गरेका काभ्रेका अजित मिजारको शव ४ वर्षदेखि टिचिङ अस्पतालमै छ । जातीय भेदभावलाई हामीले सामाजिक अपराधको रुपमा स्थापित ग¥यौँ अनि संविधानमा लेख्यौँ तर कार्यान्वय हुन सकेको छैन ।  कानुन बनेको छ । तर, कानुनले मात्रै नहुने रहेछ । हाम्रो दिमागी संरचना कता जाँदै छ रु हाम्रो दिमाग कस्तो छ भन्ने कुरा चाहिँ मुख्य हो ।

हामी जुनसुकै पार्टीमा भए पनि, सरकार जसको भए पनि ब्राम्हणवादी सोचबाट हामी अगाडि बढिरहेका छौँ । यसले समान अधिकार नदिने रहेछ । समानताको हक, समानरुपमा बाँच्न पाउने र समानरुपमा अभिव्यक्ति दिन पाउने हकलाई अझै थिचोमिचो हुँदैछ ।

२०६२र०६३ को आन्दोलनमा नागरिकहरु उत्रिएका थिए । धर्मनिरपेक्षता कुनै पार्टीले मात्रै दिएर आएको कुरा होइन । सबै खालका व्यक्ति, सबै खालको धर्म मान्ने व्यक्तिहरुको मागअनुसार धर्मनिरपेक्षता स्थापित गर्न सकेका हौँ । यसलाई कसरी कार्यान्वय गरेर जाने भन्ने कुरामा पनि सबैले त्यसै गरी सहकार्य गर्न जरुरी छ ।  रातो पाटीबाट

दलित रिडर र मार्टिन चौतारीले बिहिबार काठमाडौँमा आयोजना गरेको ‘धर्मनिरपेक्षता र जात व्यवस्थाको सम्बन्धमा’ विषयक  अन्तरक्रियामा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद लक्ष्मी परियारले व्यक्त गरेको विचारमा आधारित

Tags: धर्म परिर्वतन
ADVERTISEMENT
Previous Post

भुटाहामा महाशिवरात्री महोत्सव सम्पन्न

Next Post

भोक्राहाका जलेश्वर शिव मन्दिरमा महाशिवरात्री सम्पन्न

Next Post
भोक्राहाका जलेश्वर शिव मन्दिरमा महाशिवरात्री सम्पन्न

भोक्राहाका जलेश्वर शिव मन्दिरमा महाशिवरात्री सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

  • इनरुवामा विद्युत लाइन सर्ट भई आगलागी, एक घर जलेर नष्ट
  • इनरुवामा स्मार्ट २४ न्यूज र सुनसरी पोष्टको कार्यालय उद्धघाटन
  • इटहरी रंगशालामा प्रदेश १ स्तरीय खुल्ला तेक्वान्दो प्रतियोगिता सुरु
  • औषधी विभागका अधिकृत दुई लाख घुससहित रंगेहात पक्राउ
  • दुहबीमा सुरक्षा व्यवस्था फितलो: दिउँसै घरमा चोरि
  • अदालतले सांसद पुर्नस्थपना गरेपछि जसपाद्धारा बर्जुमा दीप प्रज्वलन
  • सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै भुटाहामा दिप प्रज्वलन
  • संसद पुर्नस्थापना भएपछि सुनसरीमा दिप प्रज्ज्वलन

बढी पढिएका समाचार

  • भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    भुटाहाबाट ठुलो परिमाणको अबैध औषधी सहित ३ जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • सुनसरीको घुस्कीमा आगलागी हुँदा ३ घर जलेर नष्ट, ५ लाख भन्दा बढीको क्षति

    0 shares
    Share 0 Tweet 0
  • मुस्लिम भएकै कारण मेरो चरित्र हत्या गर्ने प्रयास गरिँदै छ: अध्यक्ष अन्सारी

    0 shares
    Share 0 Tweet 0
  • कोशी गाउँपालिकाको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएर भागने भारती नागरिक भण्टावारीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • घुस्कीका जिवराईल अन्सारी लागुऔषध सहीत इटहरीबाट पक्राउ

    0 shares
    Share 0 Tweet 0

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालित

सम्पर्क ठेगाना

केन्द्रीय कार्यालय:– हरिनगर- २ भुटाहा, सुनसरी
शाखा कार्यालय : इनरुवा-२ सुनसरी
सम्पर्क नम्बर:– 9852053180
इमेल:- newssmart24@gmail.com
विज्ञापनका लागि सम्पर्क नं.- 9852053180, 9816353180
समाचार, लेख/रचनाको लागि
इमेल:– newssmart24@gmail.com
अध्यक्ष एवम् प्रबन्ध निर्देशक : नसीम अन्सारी
सम्पादक :- रफअत हुसैन
कम्पनी दर्ता प्रमाणपत्र नं.- २२९५२५/०७६/०७७
स्थायी लेखा नं.- ६०९६७२८८८
सूचना तथा प्रसारण विभाग दर्ता नं.- १६६०/२०७६-७७
प्रेस काउन्सिल नेपाल दर्ता नं.- ३७८/०७६-०७७

हाम्रो बारेमा

स्मार्ट साझा मिडिया प्रा.लि.द्वारा संचालनमा ल्याएको स्मार्ट २४ न्यूज डटकम वेवसाइट आधिकारिक न्यूज पोर्टल हो । १ नं. प्रदेशकाे सुनसरी जिल्ला सदरमुकाम इनरुवादेखि दक्षिण भुटाहाका पहिलो अनलाइन म्यागजिन हो। ‘स्मार्ट२४न्यूज’ हरिनगर गाउँपालिकाका जागरुक युवाहरुको पहलमा संचालनमा आएको यस अनलाइन म्यागजिनले ‘विश्वसंग सुनसरीकाे दक्षिण ग्रामिण क्षेत्र भुटाहालाई जोड्ने’ अभियान अन्तर्गत समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व समाचार, अन्तर्वार्ता, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेट्ने कोशिस गरेका छाैं ।

हाम्राे टीम

कार्यकारी सम्पादक :- नसीम राज अं.
न्यूज ब्युरो:- अनसार अन्सारी
१ नं. प्रदेश संयाेजक :- प्रेम देवान ( बिराटनगर )
प्रमुख संवाददाता:- अकबर अलि (दुहबी )
संवाददाता:- राधिका अचार्य (बिर्तामोड)
सल्लाहकार :- नईम अन्सारी

Web Design by :

  • Footer
  • Home
  • smart24news

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • होमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय
  • दुर्घटना
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • खेलकुद
  • आर्थिक
  • विविध
    • भिडियाे
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • चाडपर्व
    • कृषि
    • शिक्षा

© 2020 Smart Sajha Media (P) Ltd (Smart24news) । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist