अजय मिश्र कपिलवस्तु,। कोरोना भाइरस विश्व भरिमा महामारीको रूप लिएको छ भने कतिपय देशमा यस भाइरसबाट ज्यान समेत गुमाएका छन त कतिपै देशमा यस रोगबाट मानिसहरुको उपचार पनि भइरहेको छ।
यो सबैलाई मध्य नजर गरी कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका मदरसा बोर्ड प्रदेश नम्बर ५ का उपाध्यक्ष मौलाना मसहूद खाँ नेपाली र नेकपा नगर अध्यक्ष जावेद आलम खाँ को नेतृत्वमा मास्क वितरण गरिएको छ।
कृष्णनगर नगरपालिका वडा नं ३ चैपुरवा र वडा नं ११ पटना गाउँमा माक्स वितरण गरिएको छ र सम्पूर्ण व्यक्तिलाई नेपाल सरकार को निर्देशन पालना गर्न समेत आग्रह गरे।
हेरा एजुकेशनल एन्ड वेल्फेर सोसाइटीका उपाध्यक्ष शेख अरसद मक्की,शेख जैस मक्की, कृष्णनगर नगरपालिका वडा नं ३ का वडाअध्यक्ष सगीर अहमद खान समेतको सहयोगमा उक्त मास्क वितरण गरिएको थियो।