जयकृष्ण यादव
इनरुवा,। सुनसरीको विभिन्न स्थानीय तहमा साझपख बाहेक दिनभर लकडाउनको पूर्ण कार्यान्वयन भएको छ । पाचौँ दिनसम्म लकडाउनको पूर्ण कार्यान्वयन भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिनुभयो ।
जिल्लामा लकडाउनको पूर्ण कार्यान्वयनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडाईका साथ गस्ती गरेको छ भने स्थानीयले समेत त्यसमा सहयोग गरेको पौडेलले बताउनुभयो ।

उता जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रवत्ता डिएसपी विनोद शर्माले लकडाउन उल्लंघन गर्नेलाई थप कडाई गर्ने काम भएको बताउनुभयो । ग्रामिण क्षेत्रमा समेत सर्वसाधरणहरुले अटेर गरेको भन्दै लकडाउन थप कडाई गर्ने थालिएको हो ।
केही गाउँको साप्ताहिक हाट बजारको कारण आफुहरुलाई समस्या भएको वहाँले बताउनुभयो । केही सर्वसाधरणहरुलाई धेरै अनुरोध गर्दा समेत उल्लंघन गरेको भन्दै सबैलाई सचेत हुन आग्रह सहितको माईकिगं गरेको जानकारी दिनुभयो ।

नागरिकलाई अति आवश्यक सामाग्री किन्न गए पनि भिडभाडमा नजान प्रहरीले बारम्बार अनुरोध गर्दै आएको डिएसपी शर्माले बताउनुभयो । दाल,चामल तरकारी लगायतका सामाग्री भन्दै लगाईको हाट बजारको कारण हजारौ सर्बसाधरणहरु असुरक्षित हुने भन्दै यस्ता क्रियाकलाप तत्काल रोक्न अनुरोध समेत गर्नुभयो ।

