स्मार्ट २४ न्यूज
सुनसरी,। सुनसरीको बराहक्षेत्र नगरपालिका वडा ३ बिचपानी चौकस्थित चतरा नहरमा सोमवार एक महिलाको शव बेबारिशे अवस्थामा फेला परेको छ ।
नहरमा बगेर उक्त स्थानमा आइपुगेको हुनसक्ने अनुमान गरिएको शव नहरको छेउमा देखिएपछि स्थानीयले प्रहरी लाई खबर गरेका थिए।

घट्नास्थलमा पुगेका प्रहरीका अनुसार महिलाले लगाएको पेन्टमा एउटा पासपोर्ट साइजको तस्बिर र युगल लिम्बुको अंग्रजेजीमा जीआरएसीई ग्रेस इङलिस स्कुल एफिलेटेड टू आई।सी।एस।ई। न्यु दिल्ली, डब्लुबी–२९२ आइडी कार्ड समेत फेला परेको छ ।
पासपोर्ट साइजको तस्बिरमा रहेको महिलाको भारत सरकारको आयकर बिभागको स्थायी लेखा नम्बर कार्ड समेत शवको साथमा भेटिएको इलाका प्रहरी प्रमुख सरण कुमार दाहालले बताए ।

कार्डमा सरिता देवान नाम लेखिएको छ । पिताको नाम करण देवन छ । शवको अवस्था हेर्दा जिन्सको कालो रंगको पेन्ट र माथि रातो भेष्ट लगाएको पाइएको छ । अनुहार भने चिनिने अवस्था नभएको आधा लुगा खुलेको अवस्थामा शव भेटिएको बराहक्षेत्र वडा ३ का अध्यक्ष रुद्र दाहालले बताए ।
बरामद शव लाई प्रहरीले आवश्यक प्रक्रिया पुरा गरी बराहक्षेत्र नगरपालिकाको ट्याक्टरमा पोस्टमार्टमकका लागि धरान स्थित वीपी प्रतिष्ठानमा पठाइएको अध्यक्ष दाहालले बताए ।

दहालका अनुसार शव अन्दाजी ३५ बर्षको उमेरको हुनसक्ने अनुमान गर्न सकिन्छ । सम्भवत मृत फेला परेकी महिला नेपालको नभई भारतबाट आएको हुनसक्ने दहालले बताए ।
