अकवर अलि
दुहबी,। सुनसरीको दुहबी ९ छाताबेलि स्थित संचालनमा रहेका जयबाबा ईटा उद्योग सुनसरी जिल्ला प्रसाशनको निर्देशनमा बन्द भएको छ।
३ दिन अगाडि सो ईटा उधोग लकडाउनको बेला पनि संचालन गरेको बिषयलाई लिएर दुई समुह बिच झरप भएपछि फेरि पनि विवाद नहोस भन्दै जिल्ला प्रसाशन कार्यलय सुनसरीको निर्देशनमा बन्द गरिएको ईलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक प्रवीण कार्किले बताए ।
आईतवार दुहबी ९ स्थित छाताबेलिमा दुई समुह बिच झडप हुदा १३ जन्ना घाइते भएको थियो ।घटनाको विषयमा दुई समुहको आ(आफ्नो दाबि रहेका थिए ।
