सुशील सुवेदी
सिन्धुपाल,। सिन्धुपालचोक क्षेत्र नम्बर दुईका सांसद तथा पुर्व कानुन मन्त्री शेरवहादुर तामाङले क्वारेन्टाईनका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ।
जिल्लामा रहेको तीनै वटा क्षेत्रिय क्वारेन्टाईनलाई पीपीए सेट, स्यानिटाईजर, माक्स, ग्लाब्स लगायतका सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
ग्रामिण महिला सिर्जनशील परिवारमा रहेको क्षेत्रिय क्वारेन्टाईनमा जिल्ला समन्वय ससितिका प्रमुख सहित क्वारेन्टाईन ब्यवस्थापन समितिको संयोजक तथा वाह्रविसे नगरपालिका प्रमुख निमफुञ्जो शेर्पालाई समाग्री हस्तान्तरण गरिएको हो ।
त्यस्तै क्षेत्रिय क्वारेन्टाईन चौताराको लागि जिल्ला विपद् ब्यवस्थापन समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी मार्फत क्षेत्रिय क्वारेन्टाईन ब्यवस्थापन प्रमुख तथा चौतारा साँगाचोक गढी नगरपालिका प्रमुख अमानसिंङ तामाङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।
क्षेत्रिय क्वारेन्टाईन मेलम्चीमा पनि आजै उक्त सामाग्री हस्तान्तरण गरिने सांसद तामाङले जानकारी दिए । एक हजार पाँच सय माक्स, एक सय थान सेनिटाईजर, पन्ध्र सेट पीपीए, तीन हजार ग्लोब्स लगायतका सामाग्री वितरण गरिएको हो।
