स्मार्ट २४ न्यूज
वीरगञ्ज । वीरगञ्जकी एसिडपीडित मुस्कान खातुनले जगदम्बा ग्रुपले दिने भनेको स्कुटर नलिने घोषणा गरेकी छन् । स्कुटरको मूल्य बराबरको रकम गरिबको उपचारमा खर्च गर्न उनले आग्रह गरेकी छन् ।
खातुनले एक भिडियो सन्देश जारी गर्दै उनले जगदम्बा ग्रुपले दिने भनेको स्कुटर अहिलेसम्म नपाएको र अब नलिने निर्णयमा पुगेको बताएकी छन् ।
पाँच महिनाअघि वीरगञ्जको घण्टाघरमा आयोजित सांगीतिक कार्यक्रममा उनलाई जगदम्बा मोटर्सले स्कुटर दिने घोषणा गरेको थियो ।
विश्वमा महामारी फैलिएको बेला सहयोग गर्नुको सट्टा जगदम्बा ग्रुपका निर्देशक सुलभ अग्रवालले कालोबजारी गरेको भन्दै मुस्कानले स्कुटर अस्वीकार गरेकी हुन् ।
आफ्नो परिवारमा जस्तोसुकै दुःख परे पनि कालोबजारी गर्नेको स्कुटर आफू र आफ्नो परिवारले नलिने उनले बताएकी छन् ।