नसीम अन्सारी
काठमाडौं,। भारतीय मीडियाहरुले भारतमा कोरोना भाइरस फैलाउन नेपाली जनप्रतिनिधि जालिम मुखिया माथि लगाइरहेको आरोपको मुस्लिम संगठन नेपालका केन्द्रिय कार्यालय सदस्य ताज मोहम्मद मियाले खण्डन गरेका छन्।
पर्सा जिल्ला स्थित जगरनाथपुर गाउँपालिकाका अध्यक्ष समेत रहेका जालिम मुखियाप्रति भारतीय मीडियाको आरोप तथ्यहीन भएको मियाले बताए।
४० र ५० जना कोरोना संक्रमित भारतीय मुस्लिमहरुलाई नेपालको सिमाना हुँदै भारततर्फ प्रवेश गराएको समाचार भ्रामक कपोकल्पित प्रचार गरिएको हज समितिका पूर्व अध्यक्ष समेत रहेका मियाले दाबी गरे।
जालिम मुखियाबारे भारतीय मीडियाहरुको अफहवाबारे मुस्लिम संघ संगठनहरुको, संबैधानीक मुस्लिम आयोग र नेपाल सरकारको समेत ध्यानाकर्षण नहुनु आश्चर्यजनक भएको मियाले बताए।
भारतमा कोरोना फैलाउन जालिमको कुनै भुमिका भए प्रमाण देखाओस् भारतले। ताजले भने,होइन भने जालिम मुखियालाई र सिङ्गो नेपाली मुस्लिम समुदायलाई बदनाम गर्ने छुट भारतीय मीडियालाई छैन्।
जालिम दोषी भए कारवाही हुनुपर्ने होइन भने यथासिघ्र नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक हुनुपर्नेमा मियाले जोड दिए।
भारतको बिहार पुलिसले समेत भारतीय मीडियाहरुको आरोपलाई खण्डन गरेको छ। लकडाउनको समयमा एकजना पनि भारतीय सिमाबाट कोही प्रवेश नगरेको बिहार पुलिसको दाबी रहेको छ।