स्मार्ट २४ न्यूज
इनरुवा,। सुनसरीका पुर्व सभासद एवम् सविधानसभा सदस्य शिवनारायण उराँवको ह्दयघातका कारण निधन भएको छ
उराँवको स्वास्थ्यमा समस्या देखिएपछि दुईदिन अगाडी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएको उराँवको सोमबार बिहान ६ बजे शौचालय जाने क्रममा निधन भएको हो।
नेपाली काँग्रेसबाट अगल भएर बनेको तत्कालीन फोरम लोकतान्त्रीक पार्टीका तर्फबाट संविधान सभामा सभासद भएका थिए।
नेपाली काँग्रेसका तर्फबाट नरसिह गाविसको अध्यक्षमा निर्वाचित समेत भएका उराँव काँग्रेसको महासमिती सदस्य तथा उराँव समुदायका अगुवा नेताका रुपमा राजनितिमा सक्रिय रहदै आएका थिए।
सुनसरीको भोक्राहा नरसिह गाउपालिका ७ स्थित नरसिह घर भएका स्वर्गीय उराँवको धार्मिक परम्परा अनुसार नरसिहमा अन्तेष्टी आजै गरिने नेपाल मुस्लिम संघ १ नं. प्रदेशका अध्यक्ष हाजि इस्राईल मंसुरीले बताए ।