स्मार्ट २४ न्यूज
विराटनगर,। प्रदेश नं. १ बिराटनगरको कोशी अस्पतालमा प्रदेश १ सरकारले सञ्चालन गरेको (कोभिड १९) उपचार केन्द्रका लागि आज तीन वटा गैरसरकारी संस्थाले ६ आईसीयु वेड हस्तान्तरण गरेका छन्।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलेलाई आईसीयु वेड हस्तान्तरण गरिएको हो ।
करुणा फाउण्डेसन नेपाल र नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) ले ३ लाख ५९ हजारको ३ वटा र स्वीस सरकार विकास सहयोग (एसडिसी) ले ३ लाख ५० हजारको ३ वटा वेड हस्तान्तरण गरेको हो ।
कोभिड अस्पताललाई आज इलेक्ट्रिक ३ वटा र म्यानुअल आईसीयु वेड ३ वटा हस्तान्तरण गरिएको हो । (कोभिड १९) अस्पताललाई विश्व लुथरन फेडेरेसन (एलडब्लुएफ) ले १० केभिएको अनलाईन युपीएस हस्तान्तरण गरेको छ । ३ लाख ६० हजारको अनलाईन युपीएस हस्तान्तरण गरिएको लुथरनका कार्यक्रम व्यवस्थापक यज्ञ गौतमले जानकारी दिनुभयो ।
आईसीयु वेड र अनलाईन युपीएस ग्रहण गर्दै मन्त्री घिमिरेले कोरोना भाईरस विरुद्ध लड्नका लागि सरकार मात्रै नभएर समाजका सवै अंगको उत्तिकै भूमिका रहने बताउनुभयो । प्रदेश १ सरकारले कोभिड अस्पताल नमूना अस्पताल निर्माण गरेको उहाँले बताउनुभयो ।
कोभिड अस्पताललाई अहिले विभिन्न दातृ संस्थाहरुबाट विभिन्न स्वास्थ्य सामाग्री र उपकरणहरु जुट्दै गएकाले दाता प्रति मन्त्री घिमिरेले आभार व्यक्त गर्नुभयो । उहाँले कोरोनाको उपचार पछि प्रदेश सरकारले कोभिड अस्पतालमा नयाँ कार्यक्रम शुरु गर्ने वताउनुभयो ।
यसअघि कोभिड अस्पतालाई विराटनगर राउण्ड टेवल नम्वर ५ र काठमाण्डौं मेट्रो राउण्ड टेवल नम्वर ४ ले संयुक्त रुपमा २ वटा आईसीयु वेड हस्तान्तरण गरिएको थियो ।
यसैगरि करुणा फाउण्डेसनले सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा स्पाइनल इन्जुरी भएका ३९ जना अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको जनाएको छ । फाउण्डेसनले सामाजिक विकास मन्त्रालयलाई एक सय थान व्यक्तिगत सुरक्षा उपकरण पनि उपलब्ध गराएको बताएको छ ।
कोभिड १९ उपचार केन्द्रलाई I C U वेड हस्तान्तरण विराटनगर ३० चैत । प्रदेश १ सरकारले सञ्चालनमा ल्याएको कोशी अस्पताल (कोभिड १९) उपचार केन्द्रलाई राउण्ड टेवलले I C U वेड हस्तान्तरण गरेको छ ।
विराटनगर राउण्ड टेवल नम्वर ५ र काठमाण्डौं मेट्रो राउण्ड टेवल नम्वर ४ ले संयुक्त रुपमा २ वटा I C U वेड प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरिएको छ ।
विराटनगर राउण्ड टेवल नं. ५ का अध्यक्ष अश्विनी वंशलले करिव २ लाख वरावरको दुईवटा वेड मन्त्री घिमिरेलाई हस्तान्तरण गर्नुभएको हो । I C U वेड ग्रहण गर्दै मन्त्री घिमिरेले लविभिन्न अस्पतालबाट वेडहरु ल्याएर सेवा शुरु गरिएपनि अहिले विभिन्न दातृ संस्थाहरुबाट उपचार केन्द्रका लागि सहयोग जुट्दै गएको बताउनुभयो ।
अन्य स्वास्थ्य संस्थाहरुबाट ल्याईएका वेडहरु फिर्ता गरिदै लैजाने पनि उहाँले बताउनुभयो । I C U वेड हस्तान्तरण कार्यक्रममा लायन्स क्लव ३२५ ए वानका सेकेण्ड भाईस डिष्ट्रिक गर्भनर रेवतबहादुर कार्की, कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेन्डेन्ट डा। संगीता मिश्रा लगायतको उपस्थित रहेको थियो ।
यस अघि कोभिड १९ उपचार केन्द्रलाई प्रदेश १ का विभिन्न गैरसरकारी संस्थाहरुले १३ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । झापा चारपानेको साहारा नेपालले उपचार केन्द्रमा बस्ने स्वास्थयकर्मी, कर्मचारी, सुरक्षाकर्मी उपचार गराउन आउन सक्ने बिरामीका लागि भनेर चार लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको थियो ।