स्मार्ट २४ न्यूज
सुनसरी,। राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन गरेको छ।
लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको छ।
सहमतिका आधारमा नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ। पार्टीको वरियता क्रममा महन्थ ठाकुरलाई पहिलो नम्बरमा राखिएको छ।
एकीकरण भई बनेको पार्टीको झण्डा समाजवादीले प्रयोग गर्दै आएको रहनेछ भने नयाँ पार्टीको चुनाव चिन्ह राजपाको छाता रहने छ।

