स्मार्ट २४ न्यूज
सुनसरी:- नेपालका सम्पूर्ण नेपाली मुस्लिम समुदायका अगुवाहरुसँग विनम्र अनुरोध गर्देछु तपाईहरुले आफु पनि घरमै इफ्तार गर्ने ५ टाइम्सको नमाज पढ्ने, तरावी पढ्ने र जुमाको नााज पढ्ने आफ्नो ठाउँका मुस्लिम समुदायलाई पनि घरमै इफ्तार गर्ने भन्ने ५ टाइम्सको नमाज पढ्न, तरावी पढ्न र जुमाको नमाज पढ्न लगाउनु अगुवाहरुको जिम्मेवारी पनि हो।
सरकारले जारी गरेको लकडाउन भरि मस्जिद र मदरसामा अनावश्यक भिडभाड नगरिदिनहुन पनि अनुरोध गर्दैछु। नेपालको पर्सा र उदयपुरको मस्जिदमा रहेका केही जमातीय व्यक्तिहरुमा कोरोना भाइरस पोजेटिभ देखेपछि सरकारले मस्जिदमा भिडभाड नगर्न सूचना दिएको छ।
कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि मुस्लिम समुदायका धर्मगुरु मौलानाहरु तथा अगुवाहरुले रमजान पनि घरमै बसेर इफ्तार गर्न ५ टाइम्सको नमाज पढ्ने, तरावी पढ्ने , वढी भन्दा वढी कुरानको तेलावत गर्ने, अल्लाहसँग दुवा गर्ने र जुमा पढ्ने धार्मिक कार्य गर्न अपिल गरेका छन् ।
रमजानको पूर्व सन्ध्यामा नेपालका सबै जिल्लाका मुस्लिम समुदायका धर्मगुरु तथा अगुवाहरुले शुक्रबार पढ्ने जुमाको नमाज, दिनमा पढ्ने ५ टाइम्सको नमाज र रमजानमा पढ्ने तरावी नमाज समेत घरमै पढन सुनसरीका संचारकर्मी नसीम अन्सारीले अग्रह गरेको छ।
इस्लाम धर्मको १४४१ हिजरी सम्बत को ९ औं महिनामा रमजान महिना हुन्छ । यो महिनामा पूरै एक महिना रोजा बसी अल्लाहको इबादतमा लाग्नु पर्छ। इस्लाम धर्मअनुसार सूर्यास्त पछि अर्को दिन लाग्छ त्यसै कारणले आज शुक्रबार दिन सूर्यास्त पछि रमजान महिना सुरु हुन्छ ।
आज देखि तरावीको नमाज सुरु हुन्छ। तरावी नमाज पढ्नको लागि मुस्लिम समुदाय ठूलो संख्यामा आ-आफ्नो ठाउँमा रहेका मस्जिदहरुमा एकत्रित भइ तरावी नमाज पढे गर्दै आएका थिए।
तर यो बर्ष विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रास र नेपालमा सरकारले लगाएको लाकडाउनको कारण मस्जिदहरुमा ठूलो संख्यामा तरावी नमाज नपढन मुस्लिम समुदायहरुलाई अनुरोध गर्देछ।
सबै जनाले आ-आफ्नो घरमा नमाज पढनु र इफ्तार गर्नु होला। आफुले पनि अरुको घरमा इफ्तार गर्न नजाउनु अरुलाई पनि आफ्नो घर इफ्तार गर्न नबोलाउनु होला।
नेपालमा सरकारले लाकडाउन गरेको छ भने त्यो हामी सम्पूर्ण नेपालि नागरिकहरुको हक हितको लागि गरेको छ। सरकारले गरेको लकडाउनको निर्णय सम्मान गर्दै पूर्णरुपमा निर्देशनको पालना गर्नाको लागि नेपालका सम्पूर्ण नेपाली मुस्लिम समुदायहरुलाई अन्सारीले अग्रह गरेको छ ।
साथै देश तथा विदेशमा रहनुभएका नेपाली दिदी बहिनी दाजुभाइहरुमा पवित्र महिना रमजानको ९रमजान मुबारक० एवम् हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।