अकवर अलि
दुहबी,। सुनसरीको गढी गाउँपालिकाले राहत वितरण गरेको शैलिप्रति नेपाल कम्यूनिष्ट पार्टी गढी गाउँ कमिटी असन्तुष्ट भएको छ।
विहिबार प्रेस विज्ञप्ती जारि गरि महामारीको समयमा गाउँपालिकाले गरेका गतिविधीहरु पारदर्शी नभएको उल्लेख गरीएको छ । राहत वितरणमा राजनितीक प्रतिसोध लिएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छन् ।
गढी वासीहरुको जनजिवन निकै कष्टकर हुँदै गइरहेता पनि स्थानिय सरकारले प्रभावकारी कदम चालन नसकेको दावी गरेको छ ।
गढी गाउँपालिकाले फरक फरक राहत सामाग्री वितरण गरीरहेको राहत वितरण गर्दा राजनितीक प्रतिसोध लिएको राहत सामाग्री गुनस्तरहीन तथा कम तौल १७र१८ केजी चामलको पोका मात्रै रहेको विज्ञप्तीमा उल्लेख छ।
कोरोना भाइरस रोकथामको लागी जनचेतना प्रभावकारी रुपमा नदिएको र स्वास्थ्य सामाग्रीहरु पनि हाल सम्म वितरण नगरेको हो। कोरेन्टाइनको व्यवस्थापन समेत राम्रो नरहेको उल्लेख छ।
लकडाउन अवधिमा गाउँपालिका बाहिर रहेका गाउँबासीहरुलाई घर ल्याउन नसकिएको जेष्ठ नागरीकका लागी कुनै राहत प्याकेज ल्याउन नसकिए उल्लेख छ।
विद्यार्थी र किसानहरुका लागी लकडाउन अवधि भरीमा उचित विधेयक ल्याउन नसकेको बिज्ञप्तिमा उल्लेख छ ।
सरकारले जारी गरेको निर्देशिकाको विपरीत स्थानिय प्रहरीले हाट वजार गुद्रिका साना खुद्रा ब्यापारी तथा कृषि उपज सामाग्रीहरु विक्रि वितरकलाई त्रसिद वनाउदा पनि स्थानिय सरकार मौन बसेको आरोप छ ।
यता राहतको विषयमा गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवसँग बुझदा आफुले गाउँपालिकाको सबै वडामा रहेका दैनिक मजदुरी गरि खाने गरिब विपन्नहरुलाई बराबर राहत साम्रगी चामल २० केजीको बोरा दिएको र कुनै किसिमको पक्ष पात नगरेको भन्दै आफ्नो र गाउँपालिकाको बदनाम मात्र गर्न खोजेको यादवले प्रतिकृया दिएका छन ।
उहाँले स्मार्ट २४ न्यूजसँगको कुराकानीमा आफुले कसैलाई राहत वितरणमा राजनितीक प्रतिसोधको भावनमा समेत नराखेको बताए ।
