स्मार्ट २४ न्यूज
बिराटनगर,। प्रदेश नं. १ को मोरङमा शुक्रबार ३ वटा नगरपालिकाको संयुक्त बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न नेपाल-भारत सिमामा सुरक्षाको लागि म्यादी प्रहरी राख्ने भएको छ ।
भारतसँग सिमाना जोडीएकोे रतुवामाई, सुनवर्शी र रंगेली नगरपालिकाको संयुक्त बैठकले ६९ जना म्यादी प्रहरी सिमानामा परीचालन गर्ने निर्णय गरेको सुनवर्शी नगर प्रमुख काली प्रसाद दासले बताए ।
उहाँले विशेषगरी नेपाल-भारत सिमामा ३ महिनाको लागि नियुक्त गरी म्यादी प्रहरी खटाउने निर्णय गरीएको जानकारी दिए ।
बैठकले सिमाक्षेत्रमा आवात जावतमा कडाई र भारत सहित अन्य देशबाट आएका ब्यक्तिहरुका लागि क्वारेनटाईन व्यवस्थापन गर्ने बिषयमा छलफल भएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए ।
बैठकमा ३ वटै नगरपालिकाका नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, उक्त क्षेत्रका नेपाल प्रहरी र शशस्त्र प्रहरी कार्यालयका प्रमुखहरुको समेत सहभागीता रहेको थियो ।