स्मार्ट २४ न्यूज
काठमाडौं,। नेपालमा पहिलो पटक कोरोना भाइरसको संक्रमणबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ।
एकसाता अघि टिचिङ अस्पताल माहाराजगंजमा सुत्केरी भएकी उनलाई श्वासप्रश्वासमा समस्या भएपछि धुलिखेल अस्पताल लगिएको थियो ।
अस्पताल मै आरडिटी गर्दा पोजेटिभ आएको थियो
पिसिआर परिक्षणमा पनि कोरोना संक्रमण पोजेटिभ आएको छ ।
सुत्केरी भएर घर फर्किएकी उनी स्वास्थ्य समस्याले सिन्धुपाल्चोकबाट शुक्रबार धुलिखेल अस्पतालमा आएकी थिइन् । उपचारको क्रममा निधन भएको हो ।
