स्मार्ट २४ न्यूज
सुनसरी,। सुनसरीको गढि गाँउपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा पाँच दिन अघि भारतको दिल्लीबाट आएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।
सिमाबाट लुकिछिपि सुनसरी प्रवेश गरेका थिए उनमा कोरोना पोजेटिभ देखिएको हो । पाँच जना मध्येमा उनि मात्र संक्रमित भएका हुन् ।
आज धरान स्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा स्वाब परिक्षण गर्दा उनमा कोरोना संक्रमण भएको हो ।
स्वास्थय तथा जनसंख्या मन्त्रालयले एक प्रेश विज्ञप्ती जारी गरि सुनसरीमा संक्रमण भएको पुष्टि गरेको छ ।