तनविर रेजा राइन
जनकपुर,। आजबाट गोपालधर्मशालामा थप ५० वेडको क्वारेन्टाइन शुरु गर्ने जनकपुरधाम उप–महानगरपालिका मेयरले जानकारी दिए छ।
यस भन्दा पहिला उप–महानगरपालिकाले स्वस्तिका नर्सिङ्ग होममा २५ वेडको क्वारेन्टाइन सञ्चालन गर्दै आइरहेको थियो तर, दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गोपालधर्मशालामा पनि शुरु गर्दैछ।
जनकपुरधाम उप–महानगरपालिका मेयर लाल किशोर साहले भने अहिले ५० वेडको क्वारेन्टाइन शुरु गर्ने र पछि आवश्यकक्ता अनुसार वेड र स्वास्थ्यकर्मी थपिदै जाने गोपाल धर्मशालामा धेरै ठाउँ छ, त्यसमा आवश्यक्ता अनुसार वेडको संख्या थप्दै जाउँला ।’
क्वारेन्टाइनमा वाइफाइ, २४ घण्टे विजुली, खानेपानी, पौष्टिक खानाको समेत प्रवन्ध गरिने भएको छ । क्वारेन्टाइन बस्नेहरुको गुनासो फेरी नआओस भनि यस्ता प्रवन्ध गरिने जानकारी दिएको छ।