स्मार्ट २४ न्यूज
मोरङ,। प्रदेश नं. १ को विराटनगरमा ब्राण्डेट रक्सी भन्दै नक्कली रक्सीको कारोबार गर्ने एक गिरोह पक्राउ परेको छ ।
विराटनगरमा घर भाडामा लिएर नक्कली रक्सीको कारोबार गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।
विभिन्न ब्राण्डको बोतलमा नक्कली रक्सीको कारोबार गर्ने विराटनगर ६ का डिलर संचालक श्रवण मुखियालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
मुखियाले विराटनगर ११ बसपार्कको उत्तरपट्टी रहेको योजित प्रधानको घरको कोठा भाडा लिएर ब्राण्डेट रक्सीको बोतमा नक्कसी रक्सी भरेर बिक्री बितरण गर्दै गर्दा पक्राउ परेका मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए ।
मुखियाले न्यू.डि.एन ट्रेडर्सको पसल भित्र विभिन्न ब्रण्डको बोतलमा नक्कली लेवल लगाई (टाँस) गरी नक्कली मदिरा बनाउने गरेको अवस्थामा ठूलो परिमाणमा रक्सी पनि बरामद गरेको छ ।

नक्कली रक्सी विक्री गर्ने तयारी गरिएको अवस्थमा प्रहरीले ५ सय ३० बोतल नक्कली रक्सी बरामद गरेको प्रहरीले जनाएको छ । मुखियाले नाम चलेको विभिन्न एक दर्जन ब्राण्डमा नक्कसली रक्सी बनाएर विक्री वितरण गर्ने गरेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको रक्सी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाईएको छ । बरामद भएको रक्सीको बोतलमा आन्तरिक राजस्व कार्यालयको स्टिगर टास गरिएको छ ।
आन्तरिक राजस्व कार्यालयले पनि थप अनुसन्धान गर्ने बताइएको छ ।