इनरुवा,। सुनसरीको कोशी गाउँपालिका ५ स्थित रहेको मदरसा दारुल होदा अल सल्फियाको क्वारेन्टाइनमा रहेका २० जनालाई सम्मान सोरुप लुगा दिएर विदाई गरेको छ ।
कोरोना भाइरसको जोखिम हुन नदिन कोशी गाउँपालिका–५ मा तयार गरिएको क्वारेन्टाइनमा बसेका २० जनालाई कोशी -५ का वडा अध्यक्षले सम्मानसहित घर फर्काएको छ ।
उनीहरू १४ दिनपछि घर फर्किएका हुन् ।क्वारेन्टाइनमा वडाले खानापिन तथा स्वास्थ्यक्रमी व्यवस्थापन राम्रो रहेको वडाध्यक्ष साहजमालले जानकारी दिए ।
वडाध्यक्ष जमालका अनुसार १४ दिनसम्म नियमपूर्वक बसी वडालाई सहयोग गरेकाले सम्मानका साथ उनीहरुलाइ विदाइ गरिएको बताए ।
क्वारेन्टाइनमा बसेका मध्ये २० जनाको पिसिआर परीक्षण गराइ घर फर्काइएको छ ।अन्य २७ जनाको पिसीआर गर्ने शर्तमा क्वारेन्टाइनमै राखिएको छ ।
कोशी गाउँपालिका ५ नम्बर वडा अध्यक्ष साहजमालले विश्व व्यापी रुपमा फैलिरहेका नोभेल कोरोना भाइरसका कारण नेपाल पनि कोरोना संक्रमित भएको हुनाले त्यसको न्यूनीकरण तथा रोकथाम गर्ने बाहिरबाट आएका मानिसहरूलाई स्थानीय सरकारले क्वारेन्टाइनको व्यवस्था गरेको हो।
क्वारेन्टाइनमा व्यवस्थित ढंगले मानिसहरूलाई राख्ने सहयोग गर्नु हुने नेपाल प्रहरी , सशस्त्र प्रहरी राजनेतिक दलका प्रतिनिधि समाज सेवि र अनुसासित तरिकाले बसेकाहरुलाई धन्यवाद समेत दिएका थिए।