स्मार्ट २४ न्यूज
सुनसरी,। सुनसरीको गढी गाउँपालिका-६ मा भएको ट्याक्टर दुर्घटनामा ट्याक्टर चालककको मृत्यु भएको छ ।
शुक्रवार दिउँसो साँढे २ बजेको समयमा सत्तेरझोडा स्थित कच्ची बाटोमा उत्तरबाट दक्षिण तर्फ ईट्टा बोकेर जाँदै गरेको को १ त ९६८९ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रीत भई दुर्घटना भएको स्थानीयले बताएको हो।
ट्याक्टर दुर्घटना हुदाँ चालक दुहवी नगरपालिका-११ का २४ बर्षीय फुलचन ऋषिदेवको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सह-चालक २३ बर्षीय संजय पासवानको उपचार जिल्ला अस्पताल इनरुवामा भइरहेको प्रहरी कार्यालय दुहबीले जनाएको छ ।