नसीम अन्सारी
भुटाहा,। सुनसरी जिल्लामा १२ वटा स्थानीय तह रहेको छ। जसमध्ये २ वटा उपमाहानगरपालिका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका रहेको छ।
सरकारले आर्थिक वर्ष २०७७÷७८ को बजेट सार्वजनिक गर्दा सुनसरीको ६ वटा गाउँपालिका मध्ये सबैभन्दा बढी हरिनगर गाउँपालिकाले बजेट पाएको छ।
हरिनगर गाउँपालिकालाई ३५ करोड २७ लाख रुपैया दिएको छ भन्ने देवानगञ्ज गाँउपालिकाले ३३ करोड रुपैया बजेट पाएको छ ।
कोशी गाउँपालिकालाई ३१ करोड ११ लाख रुपैयाँ दिएको छ भन्रे भोक्राहा नरसिह गाउँपालिकाले २९ करोड ४९ लाख रुपैयाँ पाएको छ।
त्यसगरि गढी गाँउपालिकालाई २७ करोड ७८ लाख र बर्जु गाउपालिकालाई २७ करोड २८ लाख रुपैया बजेट दिएको छ।
यस्तै दुई उपमाहनगरपालिका मध्ये धरान उपमहानगरपालिकालाई बढी ७९ करोड ७९ लाख रुपैया दिएको छ भने इटहरी उपमहानगरपालिकाले ७३ करोड ७८ लाख रुपैया पाएको छ ।
४ नगरपालिका मध्ये सबभन्दा बढी बराहक्षेत्र नगरपालिकालाई ५६ करोड ७७ लाख रुपैया दिएको छ भन्ने इनरुवा नगरपालिकालाई ४१ करोड ८२ लाख रुपैया दिएको छ।
त्यसगरि दुहबी नगरपालिकालाई ४१ करोड २८ लाख दिएको छ भन्ने रामधुनी नगरपालिकाले ३६ करोड ३३ लाख रुपैया पाएको छ ।