स्मार्ट २४ न्यूज संवाददाता
मोरङ,। चीनको तीब्बत सरकारले प्रदेश १ सरकारलाई रू।७ करोड ७४ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल– चीन कार्यकारी परिषद्का संयोजक मुकेश उपाध्यायले मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरे ।
चीनले सहयोग गरेको स्वास्थ्य सामग्रीमा पीसीआर मेशिन २ सेट, भेन्टिलेटर ३ थान, एक्स रे पोर्टेबल मेशिन १ थान रहेका छन् ।
त्यस्तै आरडीटी किट १० हजार, भीटीएम भाएल १० हजार, स्वाब स्टिक २० हजार थान, पीपीई ५ हजार, एन ९५ माक्स ५ हजार, सर्जिकल माक्स २० हजार, सर्जिकल ग्लोब्स १० हजार, फेस शिल्ड २ हजार ५००, आईआर थर्मोमिटर २००, अल्ट्रा सोनो ग्राम पोर्टेबल मेशिन १ थान, ह्यान्ड स्यानिटाइजर ५०० लिटर रहेको छ ।
उपलब्ध भएका स्वास्थ्य सामाग्रीहरू प्रदेश सरकारले बनाएको कोरोना रोकथाम, उपचार र परीक्षण योजनामा प्रभावकारी रूपमा प्रयोग गरिने मुख्यमन्त्री राईले बताए ।
मुख्यमन्त्री राई भन्छन, ‘हामी प्रदेशका धेरैभन्दा धेरै नागरिकहरुको कोरोना परीक्षण गर्ने प्रयासमा छौं, प्राप्त भएका सामग्रीहरुले थप सहयोग पुगेको छ ।
साथै सामग्री उपलब्ध गराएको तीब्बत सरकारलाई मुख्यमन्त्री राईले धन्यवादसमेत दिएका छन् ।
अहिलेसम्म करीब ८ हजार जनाको पीसीआर परीक्षण भइसकेको छ । प्रदेश नं १६२ जनामा कोभिड– १९ पुष्टि भएको छ भने ३० जना निको भएर घर फर्किसकेका छन् ।
प्रदेश नं १ सरकारले कोरोना परीक्षणको दायरा तीब्र बनाएको छ ।