स्मार्ट २४ न्यूज
इनरुवा,। प्रदेश नम्बर १ को राजधानी बिराटनगर स्थित कंचनवारीमा अवस्थित नोबेल अस्पताल र नेपाल प्रेस युनियन सुनसरीबिच सहमति भएको छ।
नोबेल अस्पतालले पत्रकारहरुको उपचारमा ५० प्रतिसत छुट दिने भएको छ। सुनसरी जिल्ला भरिका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ ।
नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले पत्रकारहरुलाई ५० प्रतिसत छुटमा उपचार गर्ने सहमति जनाएको हो ।
प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीका अनुसार जिल्लाका जुनसुकै मिडिया हाउसमा कार्यरत पत्रकारहरुले पनि छुटमा उपचार गर्न पाउँनेछन् ।
जुनसुकै रोगको उपचार गराउँनका लागि पनि ५० प्रतिसत छुट गर्ने सम्झौता भएको छ, अधिकारीले स्मार्ट २४ न्यूजसँग भने, उपचार गराउँन जानका लागि प्रेस युनियन सुनसरीको सिफारिस चाहिन्छ, त्यसको लागि समन्वय गर्न अपिल गर्दछु ।
एक कार्यक्रमका बीचमा नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्मा, प्रशासकीय अधिकृत दिपेश राईले हस्ताक्षर गरेका छन् भने प्रेस युनियनको तर्फबाट अध्यक्ष अधिकारी र सचिव निशान प्रकृति थारुले हस्ताक्षर गरी सम्झौता गरिएको छ ।
सम्झौतापछि नोबेलका प्रबन्ध निर्देशक शर्माले व्यवसायिक रुपमा सहयोग गरौँ भनेर यउक्त सम्झौता गरिएको बताए । प्रेस युनियन सुनसरीले व्यवस्थित रुपले सबै पत्रकारहरुलाई समेटेर लैजानुपर्ने उनले बताए ।
आजबाट लागूहुने गरी एकबर्षका लागि उक्त सम्झौता भएको र एकबर्षपछि रिनु हुने बताईएको छ । प्रेस युनियनले सुरुमा पत्रकारहरुको नाम लिस्ट पठाउने र पछि उपचार गर्ने बेलामा सिफारिस पठाउँनेछ ।