स्मार्ट २४ न्यूज
सुनसरी,। सुनसरीको धरानमा आगलागी हुँदा २ जनाको जलेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार आमा र छोरीको जलेर मृत्यु भएको छ ।
एक जना बोल्न नसक्ने छोरी र आमा आगलागीमा जलेर मृत्यु भएको बताइएको छ ।
आगालागिको कारण खुल्न नसकेको जानकारी दिएका छन् । प्रारम्भिक अनुमान अनुसार विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।
आगो नियन्त्रणका लागि धरान उपमहानगरको दुई वटा दमकल, प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा खटिरहेको छ ।