स्मार्ट २४ न्यूज
इनरुवा,। सुनसरीको कोशी गाउँपालिकामा सोमबार थप १ जनामा कोरोना पुष्टि भएको छ ।
कोशी गाउँपालिकाको क्वारेनटाइनमा बसेका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो । उनको परीक्षण कोभिड १९ अस्पताल बिराटनगरको
कोशी अस्पतालमा गरिएको थियो ।
संक्रमित व्यक्ति केहीदिन अगाडि भारतबाट आएर क्वारेनटाइनमा बसेको बताइएको छ ।
यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ पुगेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।